नेकपासहित ६ दल र दुई मोर्चाद्वारा भोलि पुन: संसद भवन र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने उदघोष

२०७८ फाल्गुन ७ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी राजदुत -याण्डि वेरिको ट्यूट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको मच्च संसदमा टेवुल गरी पारित गराउने अन्तिम कसरत गरेको बन्दै संघर्षका थप कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओबादी केन्द्र समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले शनिबार एक संयुक्त बिज्ञप्ती जारी गर्दै संघर्षको थप कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुद्वारा जारी संयुक्त बिज्ञप्तिमा फागुन ८ गते आइतबार काठमाण्डौ उपत्यकामा माइतिघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ बानेश्वरपुगेर संसद भवन घेराउ गर्ने र देशव्यापीरूपमा सबै जिल्लामा व्यापक विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने
कार्यक्रम रहेको छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले नेपाली जनताको MCC विरूद्धको संघर्ष गम्भिर मोडमा पुगेको बताउदै घोषित जनसंघर्षको कार्यक्रममा व्यापक सहमागिता र उच्च सफलताका निम्ति MCC का विरूद्ध संघर्षरत सबै शक्ति र आम जनसमुदायलाई आग्रहसमेत गरेको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओबादी केन्द्र समाजवादीका अध्यक्ष सुशील , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ –”आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा बस्यो । बैठकले नेपाली जनताकोMCC विरूद्धको संघर्ष गम्भिर मोडमा पुगेको निस्कर्ष निकालेको छ । अमेरिकी राजदुत -याण्डि वेरिको ट्यूट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारकोMCC संसदमा टेवुल गरी पारित गराउने अन्तिम कसरतले उक्त कुराको पुस्टि गरेको छ । MCCजुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा आपूmलाई आन्दोलित गरिरहेका नेपाली जनताका अगाडि जनसंघर्षको कार्यक्रमलाई उच्चता र व्यापकता प्रदान गर्नु आफ्नो कर्तव्य हुन आएको छ । आन्दोलन र राष्ट्रिय मुक्तिको आवश्यकतालाई दृष्टिगत गरी हामी ६ पार्टी र २ मोर्चाले फागुन ८ गते निम्नानुसार जनसंघर्षको कार्यक्रम घोषणा गरेका छौं । घोषित जनसंघर्षको कार्यक्रममा व्यापक सहमागिता र उच्च सफलताका निम्ति MCCका विरूद्ध संघर्षरत सबै शक्ति र आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं ।
संघर्षको कार्यक्रम
१. काठमाण्डौ उपत्यकामा माइतिघर मण्डलाबाट विरोध प्रदर्शन सहित नयाँ बानेश्वर स्थित संसद भवन घेराउ
२. देशव्यापी रूपमा सबै जिल्लामा व्यापक विरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय घेराउ”

प्रतिक्रियाहरु

[anycomment]