नेपाल बन्द सफल : थप संघर्षका कार्यक्रम छिट्टै घोषणा हुने

२०७८ फाल्गुन १६ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले MCC कम्प्याक्टका विरुद्बको आजको नेपाल बन्दको कार्यक्रम एतिहासिक ,भव्य र सानदार रुपमासफल भएको जनाउदै उक्त सफलताका लागि खट्ने पार्टीका नेता ,कार्यकर्ता ,संघर्षरत सबै तहतप्का र आम नेपाली जनसमुदायमा आभारसहित हार्दिक धन्यवाद व्यक्त गरेका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त विज्ञप्ती जारी गर्दै सो आह्वान गरेका हुन् ।
उनीहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा नेपाल बन्दको क्रममा घाईते भएकाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै घाईते योद्बाहरुको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग मागसमेत गरिएको छ।
यसैगरी, छ राजनीतिक पार्टी र दुई मोर्चाद्वारा जारी संयुक्त बिज्ञप्तिमा षड्यन्त्र मुलक ढंगले MCC पास गरेको घटनाका विरुद्ब आगामी थप संघर्षका कार्यक्रम छिट्टै घोषणा उल्लेख गरिएको छ।
यस विषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष सुशील, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ–
” १ – नेपालका राष्ट्रवादी पार्टी ,संघ,संगठन, व्यक्तित्व र आम नेपाली जनताले ःऋऋ कम्प्याक्टका विरुद्ब प्रतिवाद संघर्ष जारी राखेकै बेला राष्ट्रघाती दलाल र आत्मसमर्पणवादी देउवा सरकारले फागुन १५ गते रातारात MCCकम्प्याक्ट संसदबाट पारित गर्यो । यसका विरुद्ब ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज नेपाल बन्दको जनसंघर्षको कार्यक्रम घोषणा गर्यो ।कथित पारित भनिएको MCC कम्प्याक्टका विरुद्बको आजको नेपाल बन्दको कार्यक्रम एतिहासिक ,भव्य र सानदार रुपमासफल भएको छ । उक्त सफलताका लागि खट्ने पार्टीका नेता ,कार्यकर्ता ,संघर्षरत सबै तहतप्का र आम नेपाली जनसमुदायमा आभार सहित हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
२-बन्दको क्रममा काठमाण्डौँ उपत्यका लगायत दशैभरीबाट बन्दकर्ताहरुलाई देउवा सरकारले गिरफ्तारगरेको छ ।नेकपा ९क्रान्तिकारी माओवादी) कापिबिएमद्बयक। शुरेस श्रेष्ठ,क।प्रेम सुवेदी र क। भरत वुर्जा, क।नरेन्द्र थापाक। सजिव बज्राचार्य , नेपाल कम्युनिस्ट पार्टीकाक।शुसिल बलम्पाखी, क।नरेन्द्र थापा, क वासुदेव भट्ट, क हरिबहादुर चन्द , क दिपक मान्नधर , क दर्शन नेपाली , क रवि गोले , क जीवन बुढाथोकी , क राजु कार्की,क हिम्मत बिक, क सागर केसी ,क नरेन्द्र थापा, नेकपा (मसाल)का क हरि पौडेल,क विमल पोखरेल, क। मदन पाण्डे, राष्ट्रिय जनमोर्चाका क छवि खनाल लगायतका कमरेडहरुलाई गिरफ्तार गरिएको छ । उक्त गिरफ्तारी ,धरपकड र निरङ्कुश चरित्रको घोर निन्दा एंव भर्त्सना गर्दछौँ । गिरफ्तार नेता ,कार्यकर्ता र जनतालाई तुरुन्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।
३-नेपाल बन्दको क्रममा घाईते हुनुभएकाको कन्चनपरका क दिपेन्द्र एरि र क हरिष एरि लगायतकमरेडहरुकोशिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँसाथै घाईते योद्बाहरुको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछौँ।
४-षड्यन्त्र मुलक ढंगले MCC पास गरेको घटनाका विरुद्ब आगामी थप संघर्षका कार्यक्रम छिट्टै घोषणा गरिनेछ । “

प्रतिक्रियाहरु

[anycomment]