एमसीसी खारेज नभएसम्म आन्दोलन !

२०७८ फाल्गुन १८ गते, बुधबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी खारेज नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरेका छन। नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले बुधबार काठमाडौँमा गरेको संयुक्त पत्रकार सम्मलेनमा बोल्दै प्रवक्ता प्रकाण्डले सो उद्घोष गरेका हुन्। प्रवक्ता प्रकाण्डले एमसीसी सम्झौता नेपाली जनताले लागू गर्न नदिने बताए। उनले एमसीसी सबैभन्दा खतरनाक सम्झौता भएको बताउदै भने- ‘एमसीसी सबैभन्दा खतरनाक सम्झौता हो, एमसीसीका पक्षमा दिपावली गर्नेलाई लाठा लगाउनुपर्ने बेला आएको छ ।’


प्रवक्ता प्रकाण्डले एमसीसी गम्भीर राष्ट्रघाती सम्झौता भएको ठोकुवा गर्दै भने- ‘प्रतिनिधिसभाबाट पास भएपनि नेपाली जनताले यसलाई पारित गरेको छैनन र , खारेज गर्ने पक्षमा छन ।’
प्रवक्ता प्रकाण्डले अमेरिकाले नेपालको सार्वभौमिकसत्तामाथि प्रत्यक्ष हस्तक्षेप गरेको भन्दै एमसीसी नेपाली स्वाधीनतामाथि खतरा रहेको बताए । उनले एमसीसी विकास परियोजनाको नाममा हिन्द प्रशान्त रणनीति जोडिएर आएको बताउदै विगतको राष्ट्रघातको शृङ्खला भएकोले यसको खारेजीका लागी संघर्षको विकल्प नभएको बताए ।
उक्त पत्रकार सम्मेलनमा ८ दलका नेताहरुले समेत सम्बोधन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]