एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले सरकारले यही फागुन १५ गते बलात् ढंगले संसद्बाट पास गरेको एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन् नदिने उद्घोष गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौँमा आयोजना गरेको बिशाल जनप्रदर्शनपछिको संयुक्त विरुद्ध सभालार्ई सम्बोधन गर्दै सो उद्घोष गरेका हुन् । सो सभालार्ई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसी एक्काइसौं शताब्दीको साम्राज्यवादले कमजोर देशहरुमाथि उपनिवेश बनाउने तोपभन्दा पनि खतरनाक नीति भएको भन्दै अनुदानको वहाना बनाएर नेपालको कम्युनिस्ट आन्दोलनलार्ई सिध्याउन र प्राकृतिक स्रोतमाथि कब्जा गर्ने साम्राज्यवादी नीति भएको ठोकुवा गरेका छन् । महासचिव विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रुपमा दर्ज भएको बताउँदै भने – ‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो । नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’
महासचिव विप्लवले भने– ‘फागुन १५ गते पुस १ गतेजस्तै कालो दिन हो । लेन्डुप दोर्जेले जस्तै राष्ट्रघात गर्ने नेपालको संसद्को औचित्य सकिइसकेको छ । हामी एमसीसी लागू हुन दिँदैनौँ । संसद्ले बचाउन नसकेको देश हामी बचाउँछौँ ।’
महासचिव विप्लवले सबै देशभक्त कम्युनिस्ट र वामपन्थीहरू एक भएर देशलार्ई बचाउनुपर्ने पनि बताए । प्रजातन्त्रको चिह्न बोकेका, कम्युनिस्टको फित्ता बाँधेका संसद्वादीहरूले नेपालको राष्ट्रिय स्वाधीनतामाथि गद्दारी गरेर कालो दिनको छाप छोडेर गएको भन्दै उनले साह्रा देशभक्त, राष्ट्र र क्रान्तिकारी जनतालार्ई स्तब्ध बनाएर, सडकमा रगतको खोलो बगाएर पारित गरिएको एमसीसी राष्ट्रघाती रहेको नागरिकको मनमस्तिष्क र घरघरमा भएकाले यो कुनै पनि हालतमा लागू हुन नसक्ने पनि प्रस्ट पारे । महिला, श्रमिक, जनजाति, मधेश, पहाड सबै क्षेत्रका नागरिकको दिमागमा एमसीसीले भय उत्पन्न गराइदिएकाले पनि यो राष्ट्रघाती प्रमाणित भइसकेको उनको भनाइ थियो ।
महासचिव विप्लवले एमसीसी नेपाल राष्ट्र र नेपाली जनतामाथिको घात भएकाले एमसीसी पारित भएको कालो दिन र एमसीसी लाद्ने राष्ट्रघाती काला मान्छेका विरुद्ध जनसभा आयोजना गरिएको प्रस्ट पार्दै एमसीसी २१ औँ शताब्दीको भूमण्डलीकृत साम्राज्यवादको नयाँ आयाम रहेकाले डलर र सहयोगका नाममा नेपालको राष्ट्रियता सामाप्त पार्न आएको साम्राज्यवादलार्ई परास्त गर्न शिरमाथि कफन बाँधेर विद्रोहमा उत्रिएको भन्दै विद्रोह रगत बगाउने युवाको प्रशंसा गर्दै भने– ‘युवा र देशभक्तहरू आफ्नो देशमाथि घात हुँदा मृत्युको पर्वाह नगरी लडे । सहिदको बलिदानको रगतमा उभिएर सत्तामा पुगेका कम्युनिस्ट भनिनेहरू, एमालेका नेताहरू, माओवादी केन्द्रका, एकीकृत समाजवादीका नेताहरू देशलार्ई संसद्बाट बेचिरहेका छन् । नेपाली जनतालार्ई कदापि यो सह्य हुनेछैन । अजको दिनमा सबैभन्दा हेर्नलायक अनुहार प्रचण्डको र बाबुरामको छ’, ‘सहिदहरूले रगत नबगाएको, सहिदले नभरिएको कुनै पाखा र गाउँ छैन । तर, तिनै सहिदको बलिदानको जगमा सत्तामा पुगेको प्रचण्ड–बाबुरामहरूको अनुहार राष्ट्रघातका कारण घिनलाग्दो बनेको छ । उनीहरू साम्राज्यवादको नोकर–चाकरमा बद्लिएका छन् । अब घरघरबाट जनताले राष्ट्रघातीहरूलार्ई थप घृणा र तिरस्कार गर्नेछन् ।’
महासचिव विप्लवले नेपालका देशभक्तहरूले एमसीसीलार्ई अनुदान नभएर घातक आक्रमण र अतिक्रमणका रूपमा बुझिरहेकाले त्यसका विरुद्ध निरन्तर लडिरहेको प्रस्ट पार्दै भने, ‘यो अनुदानको सबाल होइन । नेपालका मुक्तिगामी जनताको यात्रामा अतिक्रमण र हस्तक्षेप हो । यसले नेपालका प्राकृतिक स्रोत र साधन मात्र होइन, क्रान्तिकारी कम्युनिस्ट आन्दोलन नै समाप्त पार्न चाहन्छ ।’
महासचिव विप्लवले अगाडि भने, ‘जनमत पनि कहिलेकहीँ क्रान्ति हुन्छ । दुई तिहाइ कम्युनिस्ट जनमतलार्ई साम्राज्यवादले क्रान्ति देखेको छ । त्यसैले ऊ अनेक बहानामा नेपालभित्र घुस्न चाहन्छ । नेपालको परिवर्तनकारी आन्दोलन, समाजवादी आन्दोलनलार्ई विभिन्न बहानामा सिध्याउन चाहन्छ । यो २१ औँ शाताब्दीको साम्राज्यवादी नीति हो । हिजोको तोपगोलाको नीतिभन्दा पनि खतरनाक नीति हो । यसलार्ई सम्पूर्ण क्रान्तिकारी शक्ति मिलेर समाप्त पारिदिनुपर्छ ।’ साम्राज्यवाद अनुदानको बहाना बनाएर नेपालको रातो झन्डा समाप्त पार्ने, क्रान्ति समाप्त पार्ने, भूगोल नियन्त्रण गर्ने उद्देश्यसहित आएकाले साम्राज्यवादविरुद्धको राष्ट्रिय मुक्तियुद्धले साम्राज्यवादका पक्षधरहरूसमेत समाप्त पारिदिने महासचिव विप्लवको भनाइ थियो ।
प्रचण्ड, बाबुरम, माधव नेपाल वा बाबुरामहरू सत्ता र कुर्सीको दास बनेपछि देश र जनतालार्ई बिर्सिएको र सत्ताको, पैसाको, कुर्सीको, साम्राज्यवादको पिछलग्गु बनेको धारणा पनि उनले राखे । त्यहाँ रुमल्लिएर बसेकाहरूलार्ई विद्रोह गर्न पनि उनले आह्वान गरे । ‘केपी ओलीमा सत्ताको अन्धत्व थियो । केपीको भन्दा पनि घटिया, केही सांसद, मन्त्री, पैसा र चुनावलार्ई हेरेर प्रचण्डहरूले देश र जनतालार्ई बिर्सिएका छन् । राष्ट्रघाती एमसीसी पारित गरेर देश र जनतामाथि गम्भीर धोका दिएका छन् । इतिहासले उनीहरूलार्ई माफ गर्नेछैन’, उनले भने । प्रचण्डहरू एमसीसी पास गरेपछि हामी बाँच्छौँ, मन्त्री पाइन्छ, केही धनाढ्य जन्माउन पाइन्छ भन्ने लोभ र भ्रममा फसेको तर त्यो उनीहरूको मूर्खता र दिवास्वप्नसिवाय केही नभएको महासचिव विप्लवको भनाइ थियो ।
‘एमसीसी पारित गरेर उनीहरूले सहिद र जनतालार्ई कुर्सीसँग साट्ने षड्यन्त्र गरेका छन् । हामी त्यसो हुन दिनेछैनौँ’, महासचिव विप्लवले भने, ‘बरु श्रीलंकाका पुँजीवादी पार्टी, अफ्रिकाका पुँजीवादी पार्टीले देश र जनताका विरुद्ध रहेको एमसीसी फिर्ता गर्ने हिम्मत गरे । तर, नेपालमा विचित्र देखियो । कम्युनिस्ट नाम भँजाएर संसद्मा गएकाहरूले लत्रिएर एमसीसी पारित गरे । तिनले देश र जनताको शिर झुकाउन मालिकहरूका सामुन्ने नाक रगडे ।’
साम्राज्यवादविरुद्ध संसारकै राष्ट्रवादीहरूबीच ध्रुवीकरणको आवश्यकता खट्किएको प्रस्ट पार्दै महासचिव विप्लवले मालीलगायत देशमा दलाल नेता र सरकारविरुद्ध सेनाले पनि विद्रोह गरेको र त्यो अवस्था नेपालमा पनि आउनसक्ने बताए । महासचिव विप्लवले भने– ‘२–४ जना मुठ्ठीभर मन्छेहरूले देश बेच्ने हैसियत राख्छन् ? राख्दैनन् । यो अस्वीकार्य छ । युगौँयुग मुलुकलार्ई प्रभावित पार्ने निर्णय तिनले गर्न सक्तैनन् । नेपालमा नेपाल कम्युनिस्ट पार्टी, यो मोर्चा र नागरिक रहुन्जेलसम्म तिनको सपना पूरा हुन दिइनेछैन ।’
अहिले हरेक पार्टी, सेना र प्रहरीभित्र पनि एमसीसी राष्ट्रघाती रहेको बहस चलिरहेको औँल्याउँदै र अझ जोड दिँदै महासचिव विप्लवले भने, ‘यो संसद्को औचित्य सिद्धिएको छ । यो अमेरिकीहरूको भत्ता पचाउने थलोमा परिणत भएका छ । साम्राज्यवदीको कठ्पुतली भएका छन् सांसदहरू । साम्राज्यवादको तलुवा चाट्ने संसद्को कुनै औचित्य छैन, जनतामा पनि यो भ्रम हटिसकेको छ ।’
नेपाली काँग्रेसको इतिहास नै दलाल र राष्ट्रघाती पार्टी भएकोमा अरू आपूmलार्ई कम्युनिस्ट भन्नेहरू पनि त्यही लाममा बद्लिएको बताउँदै महासचिव विप्लवले भने, ‘एमसीसीलार्ई फिर्ता पठाउने हिम्मत गर । देश र नेपाली जनताविरुद्ध साम्राज्यवादसामु शिर नझुकाऊ । एमसीसी पास गरेर संसद्वादीहरूले ठूलो दुर्घटना निम्त्याएका छन् । अवैध, असंवैधानिक र जनताले खारेज गरिसकेको राष्ट्रघाती सम्झौता भएकाले एमसीसी लागू हुनेछैन । हामी लागू हुन दिनेछैनौँ ।’
एमसीसी लागू नै हुन नदिएर खारेज गरिदिनुपर्ने धारणा राख्दै महासचिव विप्लवले नेपाली सेनाले पनि मालीको सेनाले जस्तो आँट गर्ने कि नगर्ने ? भनी प्रश्न गरे । देश र जनताको रक्षा गर्न नसक्ने संसद्लार्ई जनतामा फर्काउनुपर्ने धारणा राख्दै उनले प्रचण्ड र माधव नेपालको लाज ढाक्ने टालोका रूपमा ल्याइएको कथित व्याख्यात्मक टिप्पणीलार्ई लज्जास्पद टिप्पणीको संज्ञा दिए र यसको कुनै औचित्य नभएको प्रस्ट पारे । चीनले कुनै दिन अफिम युद्ध लडेजस्तै हामीले एमसीसी युद्ध लड्नुपर्ने अवस्था आइरहेको तर्फ पनि महासचिव विप्लवले सङ्केत गरे । उनले भने, ‘युवाहरू एमसीसीको नशाबाट बच्नुस्, यो अफिमजस्तै हो । नेपाली किल्लालार्ई कब्जा गर्न अमेरिका आएको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका र युक्रेनका पक्षमा प्रकट गरेको मत स्वाभिमानी नेपाली जनताको नभएको महासचिव विप्लवको भनाइ थियो । युक्रेनबाट नेटो र अमेरिका पनि फर्किनुपर्ने र रुसले पनि ठूला कारबाही गर्नु नहुने उनले बताए । पैसा र साम्राज्यवाद नै युक्रेन सङ्कटको मूल कारण रहेको बताउँदै उनले भने, ‘रुससँग हिङ नभए पनि हिङ बाँधेको टालो छ त्यसै फर्किंदैन ।’
महासचिव विप्लवले भने– ‘देशको रक्षा, विकास र समृद्धिको नेतृत्व गर्न दिएको जनमतलार्ई काँग्रेसको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादीले पूरै दुरुपयोग र बेइमानी गर्दै देशघाती कुकर्ममा प्रयोग गरेका छन् । पाँच वर्षका लागि चुनिएका सांसदहरूलार्ई कुनै पनि हालतमा देशलार्ई शदिऔँसम्म कुप्रभाव पार्ने राष्ट्रघाती सम्झौता गर्ने अधिकार छैन । कुनै पनि पार्टीलार्ई देशको सार्वभौमिकता बेच्ने छूट छैन । जनताको सहमतिबिना लादिने कुनै पनि कानुन देश र जनताभन्दा माथि हुन सक्दैनन् । एमसीसी पास गर्ने संसद् र एमसीसी सम्झौता त्यस्तै अमान्य विषय हुन् जसमा नेपाली सर्वशक्तिमान जनताले घरघर, बस्तीबस्ती र सडकबाट अस्वीकार गरेका छन् । देशैभरि हजारौंँ–हजार जनता राज्यको बुट, लाठी, अश्रुग्याँस, गोली खाँदै यसका विरुद्ध प्रतिरोध सङ्घर्ष चलाईरहेका छन् । सयौँजना देशभक्त नागरिकको टाउको फुटेको छ, हात भाँचिएको छ, गिरफ्तार हुने र छुट्ने क्रम चलिरहेको छ । कैयौँ युवाहरू अस्पतालमा छन् । यसले प्रस्ट गर्छ– संसद्ले पास गरे पनि एमसीसीलार्ई नेपाली जनताले पास गरेका छ्रैनन् । यो जनताका लागि अस्वीकार्य छ ।
नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीभित्रका इमानदार युवा, नेता तथा कार्यकर्ताले त्यहाँबाट आपूmलार्ई अलग गर्दै दलाल पुँजीवादी सत्ताको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा समर्पित गर्न आवश्यक छ । नेपालको स्वाधीनताको माया तिनलार्ई हुन्छ र छ जसले देशलार्ई निःस्वार्थ माया गर्छन् । जो देशलार्ई कुनै पनि स्वार्थ, पद, कुर्सी, धनदौलत, निजी सुखभन्दा माथि राख्छन् । त्यसमा सबैभन्दा अगाडि जनता हुन्छन्, युवाहरू हुन्छन् र जनताको नेतृत्व गर्न तयार देशभक्त एवम् क्रान्तिकारीहरू हुन्छन् । आज हामी देख्छौँ देशलार्ई हृदयदेखि माया गर्ने श्रमिक जनता, युवा र नेताहरू चारैतिर छरिएर रहेका छन् ।
खासगरी राजनीतिक पार्टी, विभिन्न जनवर्गीय सङ्गठन र व्यवसायहरूमा आवद्ध छन् । तर, आज कैयौँ पार्टीहरूले जसरी राष्ट्रघाती कार्य गरेर देशभक्त नागरिकहरूलार्ई पार्टी राजनीतिको रङ दिएर राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने पवित्र कार्यबाट अलमल र भ्रमित पार्न खोजेका छन् त्यस जाललार्ई च्यातचुत पारेर राष्ट्र रक्षाको जिम्मेवारी पूरा गर्न बाहिर आउन जरुरी छ । आफ्नो राष्ट्र प्रेमलार्ई कुनै पनि दलाल, कमिसनखोर, भ्रष्ट, राष्ट्रघाती तत्वको चङ्गुलमा फस्न नदिएर वास्तविक देशभक्त, अग्रगामी, क्रान्तिकारी आन्दोलन र शक्तिवरिपरि गोलबद्ध गर्न जरुरी छ । सबै देशभक्त, क्रान्तिकारीहरूलार्ई गोलबद्ध गर्न, नेतृत्व लिन र राज्य रूपान्तरणका पक्षमा योगदान गर्न जरुरी छ । तसर्थ नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीभित्रका इमानदार युवा, नेता तथा कार्यकर्ताले त्यहाँबाट आपूmलार्ई अलग गर्दै दलाल पुँजीवादी सत्ताको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा समर्पित गर्न आवश्यक छ । यो नयाँ परिस्थितिले माग गरेको नयाँ ध्रुवीकरणको आवश्यकता हो ।’

यसैगरी, सो विरुद्ध सभाको अध्यक्षता ग्रहण गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले एमसीसीविरोधी आन्दोलन जारी रहेको र यसको ऐतिहासिक महत्व रहेको बताउँदै भने, ‘यो राष्ट्रघाती छ । नेपालमा एउटा राष्ट्रघात थप भएको छ । रूपमा यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको छ । तर, सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित छ र नेपाललार्ई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा आधारित रहेको छ ।’
उनले यो साम्राज्यवादको नवउपनिवेशवादी चरित्रअनुसार आएकाले कम्युनिस्ट आवरणमा गएका सबैले राष्टघाती सम्झौता एमसीसी पारित गरेर थप राष्ट्रघात गरेको बताए । देशभक्तहरु, वामपन्थीहरु, कम्युनिस्टहरु, सच्चा लोकतन्त्रवादीहरु, सच्चा क्रान्तिकारीहरु एक भएर अमेरिकी साम्राज्यवादको धृष्टतामा यो सम्झौताको निरन्तर, दृढतापूर्वक विरोध गर्दै सशक्त आवाज उठाउनु आवश्यक रहेको उनले बताए ।
यसैगरी, सो सभालार्ई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले जिउँदो हुँदासम्म एमसीसी कार्यान्वयन हुन नदिने बताएका छन् । उनले एमसीसी कुनै अनुदान नभएको भन्दै नेपालको जलसम्पदा बहुराष्ट्रिय कम्पनीलार्ई सुम्पनका लागि ल्याइएको बताए । प्रचण्ड र माधव नेपालले व्याख्यात्मक घोषणा भनेर जनतालार्ई झुठ बोलेको बताउदै भियना कन्भेक्सनमा यसबारे कुनै बुँदा नभएको बताए । भियना कन्भेन्सन अन्तर्राष्ट्रिय सन्धिहरुको कानुन भएको भन्दै दुईवटै देशको हस्ताक्षर भएको सहमति मात्रै कानुन बन्ने बताए । उनले एमसीसी कुनै संशोधन नभएको भन्दै यसमा भएका देशघाती बुँदाहरु व्याख्यात्मक घोषणाले नफेरिएको बताए । दुश्मनका गलत व्याख्याहरुको खण्डन नगरी उनीहरुप्रति घृणा उत्पन्न गर्न नसकिने बताउँदै आहुतिले एमसीसी प्राकृतिक स्रोत साधनमाथिको नाङ्गो हस्तक्षेप भएको बताए । संसदवादी भित्रका केही नेताहरु देशभक्तहरुको सभामा आएर बोल्न केही रोकेको हो ? आहुतिले प्रश्न गर्दै संसदभित्र बसेर देशभक्ति हुने कुरा असम्भव भएको बताए । उनले संसदवादी र देशभक्तहरु कहिल्यै एकै ठाउँमा कहिल्यै हुन नसक्ने बताए । एमसीसी जनताले पारित नगरेको भन्दै संसदले गरेको निर्णय उल्टाउनैपर्ने आहुतिले बताए । नेपाल असंलग्न परराष्ट्र नीतिलार्ई उल्लंघन गरेको भन्दै यसको विरुद्ध संघर्षको विकल्प नभएको बताए । उनले साम्राज्यवाद विरोधी शक्तिशाली मोर्चा बनाउनु जरुरी भएको बताउँदै यो विषयले मोर्चामा छलफलको प्रवेश गरेको समेत बताए ।
यसैगरी, उक्त विरुद्ध सभालार्ई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले एमसीसीका दलालहरुलार्ई लातले हान्नुपर्ने बताए । अध्यक्ष कट्टेलले एमसीसीको राष्ट्रघातबारे धेरै ब्याख्या भएको भन्दै अब यतिले मात्रै नपुग्ने बताए । उनले देशको कुना–कुनामा एमसीसीको राष्ट्रघातबारे पु¥याउनुपर्ने भएको भन्दै यसका विरुद्धको संघर्षमा जागरुक बनाउनुपर्ने बताएका छन् । उनले देश गम्भीर संकटमा परेको भन्दै यसलार्ई रोक्नका लागि जनक्रान्तिबाहेक विकल्प छैन । यसका लागि मोर्चाले जनतालार्ई अपिल गरेको बताए । उनले आपूmलार्ई विकास विरोधीको रुपमा गलत प्रस्तुत गरिएको भन्दै आपूmहरु अनुदानको विरोधी नभएको बताए तर सडक विस्तार र विद्युतको विस्तारको काम सडक विभाग र विद्युत प्राधिकरणलार्ई दिए हुने बताए । एमसीसीस हिन्द प्रशान्त सैन्य रणनीतिको अंग भएको भन्दै यसलार्ई कार्यान्वयन गर्न दिन नहुने बताए । उनले अमेरिकाले फेरि अर्को खम्बा विद्रोह गराउन खोजेको बताए । एमसीसी विरुद्धको संघर्ष जीवनमरणको संघर्ष भएको भन्दै नेपालले युक्रेनको अवस्था भोग्नुपर्ने अवस्था आउने बताए । उनले अमेरिका युद्धव्यापारी भएको भन्दै यसका विरुद्ध संघर्ष जरुरी भएको बताए ।
यसैगरी, सो सभालार्ई सम्बोधन गर्दै नेकपा मसालका प्रवक्ता रामप्रसाद पुरीले दलाल शासकहरुले सत्ता सम्झौताका लागि एमसीसी पास गरेको बताएका छन् । उनले नेपालको असंलग्न परराष्ट्र नीति विपरित अमेरिकी साम्राज्यवादको पक्षमा मत हालेको भन्दै एमसीसीका कारण त्यसो गरिएको बताए । उनले एमसीसी आर्थिक सहयोगको नाममा अमेरिका सेना नेपाल आउन खोजिरहेको भन्दै यो हिन्द प्रशान्त रणनीतिको अंग भएको बताए । उनले नेपालको प्राकृतिक स्रोत साधन बेचेर चोरहरुले देशलार्ई कंगाल बनाएको भन्दै यो कुनै हालतमा सह्य नहुने बताए । उनले कांग्रेसले देश बेच्दै आएको भन्दै देशको रक्षाका लागि कहिल्यै खुट्टा नकमाउने बताए । देशको रक्षाका लागि गोली खान समेत तयार हुनुपर्ने बताए ।
यसैगरी, उक्त विरुद्ध सभालार्ई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी सम्झौता खारेजीका लागि खुट्टा नकमाईकन राष्ट्रिय प्रतिरोध युद्धको तयारीमा अगाडि बढ्नुपर्ने बताउँदै नेपाली जनताको बलमा एमसीसीलार्ई नेपालवाट फिर्ता पठाउने दावी गरे । बुढाथोकीले भने– ‘एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार हुन उनीहरुलार्ई नेपालमा बस्ने अधिकार छैन । जहाँ–जहाँ एमसीसी लागू गरिएको छ, त्यहाँ शान्ति हुन सकेको छैन । अब हामी छ पार्टीहरु एकताको दिशामा ठोस पहल गर्दै आन्दोलनको नेतृत्व गर्छौ ।’
यसैगरी, सो सभालार्ई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा एमसीसी सम्झौता अनुदान भनिए पनि अमेरिकाको लगानी भएको बताएका छन् । नेता केसीले नेपाल शक्ति राष्ट्रको क्रीडास्थल बनाउने खेल भएको भन्दै यो एमसीसी अनुदानको नाममा राष्ट्रघात भएको बताए । संसदमा भएका केही दलले व्याख्यात्मक प्रस्तावको नाममा जनतालार्ई भ्रम दिइएको भन्दै प्रचण्ड र माधवले भनेर यसका आपत्तिजनक बुँदाहरु खारेज हुन नसक्ने बताए । उनले देशको सार्वभौमसत्ता बेचेर खाएको भन्दै वामपन्थीको नाममा खामपन्थी भएको बताए । उनले देशका नदीनाला बेचेर खाएको भन्दै एमसीसी अमेरिकी सेना हुल्ने कदम भएको बताए । उनले कांग्रेसका कारण देश कंगाल बन्दै गएको भन्दै देशको अस्तित्व नै संकटमा पर्दै गएको बताए । युवाहरु विदेशीन बाध्य भएको भन्दै साम्राज्यवादका दलालहरु घुस खाएर देश टाँट पल्टिएको बताए । उसले न्यायपालिका समेत क्षतविक्षत भएको भएको भन्दै यही बेला शक्ति राष्ट्रले हातमा लिएर प्राकृतिक स्रोत साधन लुट्न खोजिरहेको बताए । देशभक्त नेपालीहरुले देश विदेशमा बसेर एमसीसी विरुद्ध संघर्ष गर्दै खारेज गर्न माग गरिरहेको भन्दै यसलार्ई कार्यान्वयन गर्न दिन नहुने बताए । उनले प्रजातान्त्रिक समाजवादको गीत गाएर कांग्रेसले देश बेचेको बताए । उनले एमसीसीमार्फत् देशलार्ई सिरिया, इराक र अफगानिस्तान बनाउन खोजेको बताए ।
यसैगरी, सो सभालार्ई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले एमसीसी संसदबाट पास भए पनि जनताले पास नगरेको भन्दै यसलार्ई कार्यान्वयन हुन नदिन चरणबद्ध संघर्षको नेतृत्व गर्ने बताएका छन् । उनले चीनलार्ई घेर्नका लागि एमसीसी पारित गरिएको बताए । नेता गजुरेलले यसको शिकार नेपाल हुने बताउँदै यसका लागि कुनै पनि हालतमा कार्यान्वयन हुन दिन नहुने बताए । उनले संसदले एमसीसी पारित गरे पनि यसलार्ई खारेज गर्न सकिने भन्दै नेपालमा पनि यसलार्ई जनस्तरबाट यसलार्ई खारेज गर्नुपर्ने बताए । उनले साम्राज्यवादको पक्षमा व्याख्यात्मक घोषणा गरेर गम्भीर राष्ट्रघात गरेको बताए । उनले सरकारले जनतामाथि निर्मम दमन गरेर संसदबाट एमसीसी पास गरिएको भन्दै यसका विरुद्ध संघर्षलार्ई अगाडि बढाउनु आवश्यक भएको बताए । उनले एमसीसी पास भएपछि शासकहरु चुप लागेर बस्छन् भन्ने कुरा भ्रम भएको बताउँदै युवाहरु र नेपाली जनता सडक संघर्षमा उर्लिएको बताए । उनले यसविरुद्धको संघर्षलार्ई चरणबद्ध अगाडि बढाउने बताए । उनले अहिले आन्दोलन राँको बनेर आउने बताउँदै एमसीसी पक्षधरहरुभित्र समेत तीब्र अन्तरविरोध भएको बताए । माके र एकीकृत समाजवादीभित्र रहेका देशभक्तहरुले विद्रोह गर्नुपर्ने बताउँदै त्यसका लागि मोर्चा स्वागत गर्न तयार रहेको बताए । उनले राष्ट्रघात गर्ने संसदको औचित्य नभएको बताए ।
यसैगरी, उक्तविरुद्ध सभालार्ई सम्बोधन गर्दै जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनकी अध्यक्ष खुमा सुवेदीले नेपाली जनता एमसीसीमा राष्ट्रघाती सम्झौता गर्नेहरुलार्ई आर्यघाटमा खरानी पार्न जुटिरहेको बताइन् । उनले राष्ट्रघातीहरुलार्ई देशबाट खेद्नुपर्ने बताउँदै देश बलिरहेको समयमा मध्यरातमा राष्ट्रघाती एमसीसी पारित गरिएकाले जनताको मुक्ति आन्दोलनमा खुट्टा नकमाउन अन्दोलनकारीलार्ई आह्वान गरिन् । सेना र प्रहरीलार्ई पनि राष्ट्रियता रक्षाको आन्दोलनमा एक हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध आयोजना गरेको बिशाल जनप्रदर्शनपछि आयोजित उक्त विरुद्धसभाको सभाध्यक्ष नेकपा क्रान्तिकारी माओवादीका मोहन वैद्य रहेका थिए भने उक्त विरुद्धसभाको संचालन नेकपाका प्रवक्ता प्रकाण्डले गरेका थिए ।
-क्षेप्यास्त्र साप्ताहिक