नेकपाका महासचिब विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालागायत सरकारी टोलीबीच वार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा , गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, गृहसचिव टेकनारायण पाण्डेबीच तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । उक्त छलफलमा सरकारको तर्फबाट तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा भएको काम र प्रगति विवरण प्रस्तुत भएको थियो।

गत माघ २९ गते नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधीवक्ता खम्बहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलबीच तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा भएको सहमति अनुसार हालसम्म सरकारको तर्फवाट भएको प्रगति बिबरण प्रस्तुत भएको थियो। सरकारको तर्फवाट प्रस्तुत गरिएको बिबरणमा नवलपुरमा एन्सेलमुद्दा लगाइएका नेकपाका १४ जना कार्यकर्ताको मुद्दा खारेज भएको र देशभर ६८३ जना
नेकपाका नेता कार्यकर्तामाथि मुद्दा भएको बिबरण प्रस्तुत गरिएको थियो। साथै सरकारले नेकपाका नेता , कार्यकर्तामाथि लगाएको मुद्दा खारेज गर्ने क्रम अघि बढी रहेको यो कार्यले आगामी केहि दिन भित्रै पूर्णता पाउने बताइएको थियो। भने नेकपाका महासचिव विप्लबले ओली सरकारले जस्तै यो सरकारले पनि ३ बुंदे सहमति कार्यान्वयनमा गरेको ढिलाइले सरकारको कार्यशैलीले आम जनता बीच आशंका पैदा गरेको भन्दै यथाशिघ्र ३ बुंदे सहमति कार्यान्वन गर्नु पर्ने बताएका थिए।
यसैगरी , उक्त अबसरमा सरकारले सदनवाट एमसीसी सम्झौता अनुमोदन गरेको र एमसीसी बिरुद्ध भएको सडक संघर्षका बिषयमा समेत छलफल भएको बताइएको छ। भने नेकपाका महासचिव विप्लबले कुमार पौडेलको हत्यारालाई तत्काल कारबाही गर्न माग गरेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवा , गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले हत्यारालाई कानुनि दायरामा ल्याउन सरकार सकारात्मक भएको बताएका थिए।

यस अघि , आज अपरान्ह नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच नेकपा र सरकारबीच भएका वार्ता र तीन बुँदे सहमति कार्यान्वयनको सवालमा मुद्दा खारेजी र बन्दीलाई रिहाइ गर्ने कार्यमा भएको भएको प्रगतिको बिषयमा छलफल भएको थियो । नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाँणबीचको छलफल पश्चात आज साँझ नेपाल कम्युनिस्ट पार्टीका , महासचिब विप्लब , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा , गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, गृहसचिव टेकनारायण पाण्डेबीच प्रधानमन्त्री निवास बालुवाटारमा थप छलफल भएको हो।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब , प्रवक्ता प्रकाण्ड र नेकपा समाजवादीका नेता झलनाथ खनालसंग भेटवार्ता भएको बताइएको छ। उक्त भेटवार्तामा सरकारले सदनवाट एमसीसी सम्झौता पास गरेपछिको राजनीतिक स्थिति , वर्तमान राष्ट्रिय राजनीतिको जटिलता र त्यसको समाधानको लागि राष्ट्रवादी एकठाउमा उभिएर अहिलेको राजनीतिक समस्याको समाधानको लागि साझाबोध भएको बताइएको छ ।

यसैगरी , आजै नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब , प्रवक्ता प्रकाण्ड र नेकपा एमालेका नेता भिम रावलबीच भेटवार्ता भएको छ। उक्त भेटवार्तामा एमसीसी सम्झौता समसदवाट पास भएको बिषयलगायत कम्युनिष्ट पार्टी र नेताहरुको गम्भीर बिचलन र वर्तमान राष्ट्रिय राजनीतिको जटिलता र त्यसको समाधानको बिषयमा समेत छलफल भएको बताइएको छ ।