भारत सरकारलाई महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भू -भागतिर मोड्ने कार्य तुरुन्त रोक्न चेतावनी

२०७८ फाल्गुन ३० गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले दुई देशको सिमाना सम्वन्धी सवालको निरुपण गर्ने अन्तराष्ट्रिय कानुनी मान्यताहरुका खिलापमा SSB ले तटवन्धको नाममा नेपाली भुमि अतिक्रमण गरेको र तटवन्धबाट महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भ–ुभाग तिर मोड्ने बदनीयतपुर्ण कार्य तुरुन्त रोक्न भारत सरकारलाई कडा चेतावनी दिएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार अपरान्ह एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा दार्चुला जिल्लाको सदरमुकाम खलंगा पारीको महाकाली नदिमा SSB मार्फत भारतिय मोदी सरकारले गरेको अतिक्रमणलाई तुरुन्त रोक्नका लागि कुटनीतिक र राजनीतिक पहल गर्न सरकारसंग जोडदार मागसमेत गरिएको छ । साथै प्रवक्ता प्रकाण्डले डोरीको सहारा र पौडीदै खलंगा तिर आईरहेको SSB लाई फागुन ११ गते (Feb 23) का दिन प्रतिरोध र प्रतिवाद गर्ने देशभक्त खलंगावासी नेपाली जनतालाई हार्दिक वधाईसहित धन्यवाद व्यक्त गरेका छन। साथै उनले यसका विरुद्धको प्रतिरोध संघर्षलाई सशक्त पार्न दार्चुलावासी जनसमुदायलाई विशेष अपिल गर्दै नेपाल कम्युनिष्ट पार्टीको साथ रहने प्रतिबद्धता समेत जनाएका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ” दार्चुला जिल्लाको सदरमुकाम खलंगा पारी नेपाल भारत सिमानामा भारतीय सिमा सुरक्षा बल (SSB) ले सिमा मिचेको घटना र संचार माध्यममा उठेका विषयको वारेमा पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) खलंगा पारी वाङ्गाबगड र विरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले तटवन्धनको बाहानामा भारतीय सिमाना भन्दा ८ देखी १० मिटर नेपाली भु–भागलाई मिचेर तटवन्द गर्न थालेको घटना प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । भारतीय मोदी सरकारले SSB मार्फत गरेको सिमा अतिक्रमणको हाम्रो पार्टी विरोध एवं भ्रत्र्सना गर्दछ ।
२) दुई देशको सिमाना सम्वन्धी सवालको निरुपण गर्ने अन्तराष्ट्रिय कानुनी मान्यताहरुका खिलापमा SSB ले तटवन्धको नाममा नेपाली भुमि अतिक्रमण गरेको र तटवन्धबाट महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भ–ुभाग तिर मोड्ने बदनीयतपुर्ण कार्य तुरुन्त रोक्न भारत सरकारलाई कडा चेतावनी दिन चाहन्छौँ ।
३) खलंगा पारीको महाकाली नदिमा SSB मार्फत भारतिय मोदी सरकारले गरेको अतिक्रमणलाई तुरुन्त रोक्नका लागि कुटनीतिक र राजनीतिक पहल गर्न शेर वहादुर देउवा सरकारसंग हाम्रो पार्टी जोडदार माग गर्दछ ।
४) डोरीको सहारा र पौडीदै खलंगा तिर आईरहेको SSB लाई फागुन ११ गते (Feb 23) का दिन प्रतिरोध र प्रतिवाद गर्ने देशभक्त खलंगावासी नेपाली जनतालाई हार्दिक वधाई सहित धन्यवाद व्यक्त गर्दछौँ । यसका विरुद्धको प्रतिरोध संघर्षलाई सशक्त पार्न दार्चुलावासी जनसमुदायलाई विशेष अपिल गर्दछौँ । नेपाल कम्युनिष्ट पार्टी तपाईहरुको साथमा रहने छ । “

प्रतिक्रियाहरु

[anycomment]