माओवादी केन्द्रका नेता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सिर्जना गहतराज (रुकुम पुर्ब) , देबबहादुर सुनार (दैलेख) र नवीन शङ्कर (रुपन्देही) नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन। उनीहरुलाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा अबिर र खादा लगाई नेकपामा प्रवेश गराएका हुन् । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा र महासचिव त्रिलोचन लुहारलगायतका नेताको उपस्थिति रहेको थियो।

