नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता : सरकार तत्काल मुद्दा खारेज र बन्दी रिहा गर्न सहमत

२०७८ चैत्र २ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज बिहान भेटवार्ता भएको छ। उक्त भेटवार्तामा तीन बुँदे सहमति कार्यान्वयनका विषयलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा तिन बुंदे सहमति बमोजिम सरकारले नेकपाका बन्दी नेता – कार्यकर्तालाई तत्काल रिहा गर्ने र नेकपाका नेता – कार्यकर्तामाथि लगाइएको मुद्दा तत्काल खारेज गर्ने सहमति भएको बताइएको छ ।

यसैगरी, उक्त भेटवार्तामा नेकपा र सरकारबीच भएको ३ बुंदे सहमतिमा देशको राजनीतिक समस्याहरु वार्ता र सम्बादवाट समाधान गर्ने सहमति भएको तर सरकारले नेकपासंग कुनै छलफल नगरी स्थानीय निकायको निर्वाचन घोषणा गरिएको बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।

उक्त भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँणको समेत सहभागिता रहेको थियो।
यसअघि , गत शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा , गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, गृहसचिव टेकनारायण पाण्डेबीच तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । उक्त छलफलमा सरकारको तर्फबाट तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा भएको काम र प्रगति विवरण प्रस्तुत भएको थियो। गत माघ २९ गते नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधीवक्ता खम्बहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलबीच तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा भएको सहमति अनुसार हालसम्म सरकारको तर्फवाट भएको प्रगति बिबरण प्रस्तुत भएको थियो। सरकारको तर्फवाट प्रस्तुत गरिएको बिबरणमा नवलपुरमा एन्सेलमुद्दा लगाइएका नेकपाका १४ जना कार्यकर्ताको मुद्दा खारेज भएको र देशभर ६८३ जना नेकपाका नेता कार्यकर्तामाथि मुद्दा भएको बिबरण प्रस्तुत गरिएको थियो। साथै सरकारले नेकपाका नेता , कार्यकर्तामाथि लगाएको मुद्दा खारेज गर्ने क्रम अघि बढी रहेको यो कार्यले आगामी केहि दिन भित्रै पूर्णता पाउने बताइएको थियो। भने नेकपाका महासचिव विप्लबले ओली सरकारले जस्तै यो सरकारले पनि ३ बुंदे सहमति कार्यान्वयनमा गरेको ढिलाइले सरकारको कार्यशैलीले आम जनता बीच आशंका पैदा गरेको भन्दै यथाशिघ्र ३ बुंदे सहमति कार्यान्वन गर्नु पर्ने बताएका थिए।
यसैगरी , उक्त अबसरमा सरकारले सदनवाट एमसीसी सम्झौता अनुमोदन गरेको र एमसीसी बिरुद्ध भएको सडक संघर्षका बिषयमा समेत छलफल भएको बताइएको छ। भने नेकपाका महासचिव विप्लबले कुमार पौडेलको हत्यारालाई तत्काल कारबाही गर्न माग गरेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवा , गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले हत्यारालाई कानुनि दायरामा ल्याउन सरकार सकारात्मक भएको बताएका थिए।
त्यसैदिन अपरान्ह नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच नेकपा र सरकारबीच भएका वार्ता र तीन बुँदे सहमति कार्यान्वयनको सवालमा मुद्दा खारेजी र बन्दीलाई रिहाइ गर्ने कार्यमा भएको भएको प्रगतिको बिषयमा छलफल भएको थियो । नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाँणबीचको छलफल पश्चात साँझ नेपाल कम्युनिस्ट पार्टीका , महासचिब विप्लब , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा , गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, गृहसचिव टेकनारायण पाण्डेबीच प्रधानमन्त्री निवास बालुवाटारमा थप छलफल भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]