नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलगायत सबै केन्द्रीय नेता श्रममा सहभागी

२०७८ चैत्र ११ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य कञ्चन, सुदर्शन र विषम केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएका छन् । पार्टी केन्द्रीय सम्पर्क कार्यालय शिवगढी, कपिलवस्तुमा केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठक जारी रहेकै समयमा महासचिव र प्रवक्ता प्रकाण्डलागायत सचिवालयका सबै सदस्य र केन्द्रीय सदस्यहरू बिहीबार केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएर गहुँ काट्ने काम गरेका हुन् ।
श्रममा सहभागी पार्टी सचिवालय सदस्य र केन्द्रीय समितिका सदस्यहरूले यसलाई राजनीतिक आन्दोलनकै नयाँ परिघटनाका रूपमा लिएको प्रतिक्रिया दिएका छन् । केन्द्रीय जनकम्युनमा श्रम कार्यमा सरिक भएका पार्टी केन्द्रीय सदस्य वसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले कम्युनमा पार्टी महासचिवका साथमा सचिवालय सदस्यहरूसँगै श्रममा जोडिँदा सर्वाधिक नयाँ अनुभूति भएको प्रतिक्रिया दिए ।

प्रतिक्रियाहरु

[anycomment]