नेकपाद्वारा आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गर्ने उद्घोष

२०७८ चैत्र १९ गते, शनिबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गर्ने बताएको छ । सो पार्टीको केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा हालै सम्पन्न १२ औ“ केन्द्रीय समिति बैठकपछि शुक्रबार चितवनमा आयोजना गरेको केन्द्रीय सदस्य, विशेष समिति, केन्द्रीय विभाग र जिल्ला सेक्रेटरीसहित सयौ“ नेता–कार्यकर्तालाई प्रशिक्षण दिन आयोजना गरिएको केन्द्रीय प्रशिक्षण कार्यक्रममार्फत् सो कुरा सार्वजनिक गरिएको हो । उक्त पार्टीले स्थानीय निर्वाचनमा एमसीसी पक्षधर, राष्ट्रघाती र जनघाती राजनीतिक दल नेताविरुद्ध क्रान्तिकारी, प्रगतिशील, सच्चा लोकतन्त्रवादी, राष्ट्रवादी दल र नेतासंग चुनावी मोर्चा बनाएर आसन्न स्थानीय निर्वाचन प्रयोग गर्ने विषय आफ्ना नेता–कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममार्पmत् प्रष्ट्याएको हो । आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गर्ने विषयमा प्रष्ट पार्दै सो पार्टीले यो पनि आन्दोलन कै रुप भएको बताएको छ । उक्त पार्टीले भ्रष्टाचारी, कमिशनखोरी र राष्ट्रघाती एमसीसीका पक्षधरविरुद्ध संघर्षको मोर्चाको रुपमा स्थानीय निर्वाचनमा भ्रष्टाचार र कमिशन विरोधि प्रतिनिधि खडा गरेर चुनावमा सहकार्य गर्ने र सहयोग लिने र दिने विषयमा नेता–कार्यकर्तालाई प्रशिक्षित गराएको छ ।
यसरी नेकपाले आसन्न स्थानीय निर्वाचन प्रयोगका विषयमा आफ्ना नेता–कार्यकर्तालाई प्रशिक्षित गराएपछि नेकपाले स्थानीय निर्वाचन वहिष्कार गर्छ वा गरेको छ भन्ने क्रान्तिविरोधि र देशी–विदेशी दलालहरुले नेकपा विरुद्ध फैलाएको भ्रम धुलिसाफ भएको छ भने नेकपालाई देखाएर स्थानीय निर्वाचनमा आफ्नो दुनो सोझ्याउने सपना देखेका दलाल संसद्वादी दल र नेताको निदहराम भएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा आएको फेर बदल र पार्टीले पहिलेदेखि गर्दै आएको विश्लेषण सहि सावित भएको बाताइएको थियो । यसैगरी एमसीसीविरुद्धको आन्दोलनमा पार्टीले खेलेको नेतृत्वदायी भूमिका र पहलकदमीले आमजनता सामु पार्टी र नेतृत्वको विश्वास र अपेक्षा बढ्दै गएको विश्लेषण समेत गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न भएको उक्त केन्द्रिय प्रशिक्षण कार्यक्रममा सचिवालय सदस्य कन्चनले स्वागत मन्तब्य राखेका थिए भने उक्त प्रशिक्षण कार्यक्रम प्रवक्ता प्रकाण्डले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]