नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवासहित सरकारी टोलीबीच भेटवार्ता : बन्दी रिहा र मुद्दा खारेज अन्तिम चरणमा

२०७८ चैत्र २२ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारी टोलीबीच आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। तीन बुँदे सहमति कार्यान्वयनका विषयमा भएको उक्त भेटवार्तामा सरकारको तर्फवाट गृहमन्त्री बालकृष्ण खाँण,कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का गृहसचिव टेकनारायण पाण्डेसमेतको सहभागिता रहेको थियो ।
उक्त भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति कार्यान्वयनको प्रसग उठाउदै हालसम्म नेकपाका नेता कार्यकर्ता रिहा नभएकोले एक हप्ता भित्र सबै बन्दिलाई राहा गर्नुपर्ने र नेकपाका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा यथाशक्य छिटो खारेज गर्नु पर्ने बताएका थिए। प्रवक्ता प्रकाण्डले तत्कालिन ओली सरकारसंग भएको तीन बुँदे सहमतिमा देशको राजनीतिक समस्याहरु वार्ता र संवादवाट समाधान गर्ने सहमति भएको तर सरकारले नेकपासंग कुनै परामर्श नगरी स्थानीय निर्वाचन घोषणा गरेकोमा रोष प्रकट गरेका थिए ।

उनले नेकपा तीन बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध भएको भन्दै सरकार पनि तीन बुँदे सहमति कार्यान्वयन गर्न इमान्दार बन्नु पर्ने बताएका थिए भने सरकारी पक्षवाट सरकार तीन बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध भएको जनाउदै ६१ जिल्ला प्रशासन कार्यालयमा भएका नेकपाका नेता कार्यकर्ताको मुद्दा टुंगिसकेको जानकारी दीएको थियो । सरकारी पक्षका अनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमा ५७० वटा मुद्दा रहेकोमा ४७८ वटा तुंगी सकेको र बाकि ९२ वटा पनि अन्तिम चरणमा पुगेको जानकारी दीएको बताइएको छ। यसैगरी , देशभरका जिल्ला अदालतमा रहेका मुद्दा मध्ये ९३ वटा टुंगिसकेको बाँकी मुद्दालाई टुङ्ग्याउन महान्याधिवक्ता कार्यालयमार्फत राय माग गरिएको र टुंग्याउने दिशातर्फ उन्मुख भएको जानकारी दीएको थियो भने १० वटा मुद्दा नकारामक सुचिमा रहेको समेत जानकारी दिएको थियो ।
समग्रमा आजको भेटवार्ता सकारात्मक र निष्कर्षमुलक भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]