नेकपाबिरुद्धको दुष्प्रचार निन्दनीय : नेता – कार्यकर्तालाई सचेत रहन आग्रह

२०७८ चैत्र २३ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीबिरुद्ध बिभिन्न संचार माध्यम र सामाजिक संजालमा दुष्प्रचार गरिएको भन्दै कडा आपत्ति जनाएको छ। सो पार्टीले आसन्न स्थानीय निर्वाचन प्रयोगको कार्यनीति लिएपछि अत्तालिएका देशी-बिदेशी दलाल र प्रतिक्रियावादी झुण्डहरुले नेकपामाथि सुनियोजित ढंगले दुष्प्रचार अगाडी बढाई रहेको एक नेताले ठोकुवा गरे । उनले भने – ‘सुदुर पश्चिममा हाम्रो पार्टीले स्थानीय स्तरमा गरेको छलफल र राजनीतिक गतिविधिलाई तोडमरोड गरेर जुन दुष्प्रचार गरिएको छ , त्यो आफैमा निन्दनीय , घृणित र आपत्तीजनक छ ।”
उनले स्थानीय स्तरमा पार्टीले गरेको भेघात र गतिबिधिलाई जोडेर समग्र राष्ट्रिय राजनीतिलाई नै तरंगित गर्ने गरी जुन दुष्प्रचार गरिएको छ, त्यो आफैमा निन्दनीय , घृणित र आपत्तीजनक छ भन्दै पार्टीको आम नेता -कार्यकर्तालाई देशी – बिदेशी दलालको यस्तो स्याल हुइयामा बिस्वास नगर्न आग्रह गरे । यस्ता दुष्प्रचार चिर्दै पार्टीको भेटघाट र गतिबिधि जारी रहने समेत बताए ।

प्रतिक्रियाहरु

[anycomment]