‘स्थानिय चुनावबारे भ्रामक प्रचार गरेर बदनाम गर्न खोजियो ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीविरुद्व अनलाइन मिडियाहरुमा स्थानिय चुनावबारे भ्रामक प्रचार गरेर बदनाम गर्न खोजेपनि यस्ता भ्रामक प्रचारलाई परास्त पार्दै दलाल संसदीय व्यवस्थाको विकृतिको निरन्तर भण्डाफोर गर्दै देशभक्त, एमसीसी विरोधिलाई सहयोग गर्ने बताएका छन । बुधवार सो पार्टीनिकट युवा संगठन नेपालको केन्द्रिय समितिको वैठकका सन्दर्भमा मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय समिति र रूपन्देहीका जिल्ला स्तरका कार्यकर्तालाई प्रशिक्षण दिदै महासचिव विप्लवलेसो कुरा नताएका हुन् ।
महासचिव विप्लवले एमसीसीले नेपाललाई नवउपनिवेशतर्फ धकेल्न खोजेको भन्दै साम्राज्यवाद कुनै अलौकिक शक्ति नभएको र त्यसलाईृ देखाएर भाग्न जरूरी नभएको बताउदै एकीकृत जनक्रान्तिको कार्यदिशासँगै पार्टीले सम्पत्तिको स्वामित्व, राजनीतिक प्रणाली, शासकीय स्वरुपका विषयमा छलफल बढाएकोसमेत बताए । उनले नेता भएर माक्र्स र लेनिनका कोटेसनहरु सुनाएर क्रान्ति सम्पन्न नहुने र जनतासँग कृषि र श्रममा निरन्तर जोडिनुपर्ने बताउदै पार्टी निरन्तर कृषिमा जोडिएको र उत्पादनमा आत्म निर्भर हुँदै गएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टी नेपाली राजनीतिको वैकल्पिक पार्टी रहेको र यसको निकास एकिकृत जनक्रान्ति रहेको बताए ।
बुधवारदेखि सुरुभएको युवा संगठन नेपालको वैठकमा नेकपाका केन्द्रिय सचिवालय सदस्य विषम, केन्द्रिय सदस्य तथा युवा फ्यासन ईन्चार्ज कृति, केन्द्रिय सदस्य सन्जिवलगायत नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।