‘आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गछौं’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आसन्न स्थानीय निर्वाचन चुनावी मोर्चा बनाएर प्रयोग गर्ने बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहीबार बीबीसी रेडियोको नेपाली सेवासाग कुरा गर्दै सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले बीबीसीसँगको अन्तर्वार्तामा भने– ‘सरकारले आउँदो वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरेको छ र हालै हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक पनि सम्पन्न भएको छ । स्थानीय निर्वाचनलाई विगतको भन्दा अलिक फरक ढङ्गले हेर्नुपर्छ र यसलाई प्रयोग पनि नयाँ ढङ्गले गर्नुपर्छ भन्ने पार्टीको निर्णय छ । सरकार र प्रतिपक्षी दलसँग छलफल गर्दा निर्वाचन आयोगको विषय उठेकाले निर्वाचन आयोगको बुझाई के रहेछ भनेर बुझ्न निर्वाचन आयोग गएका हौँ । छलफल राम्रो भएको छ, निर्वाचन आयोगको धारणा हामीले जे सोचेका थियौँ, त्यस्तै पायौँ । मुख्य कुरा भनेको राजनीतिक कुरा हो । सरकार र राजनीतिक पार्टीले के निर्णय गर्छ, त्यो मुख्य कुरा हो । राजनीतिरुपमा सरकारबाट आएको निर्णय नै निर्वाचन आयोगले लागू गनेृ हो भन्ने आयोगको धारणा छ ।”
यसैगरी, निर्वाचन रोक्ने भेउ पाउनु भयो त भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता प्रकाण्डले भनेका छन – ‘निर्वाचन आयोगसँगका भेटमा यस कुराको भेउ नपाए पनि यो कानुनी र संवैधानिक कुरा भयो । तर, राष्ट्रिय राजनीतिमा जुन चित्र देखिएको छ । त्यसबाट पनि विश्लेषण गर्न सकिन्छ । एक वर्ष अघि हामीले देश र जनताको चाहनालाई दृष्टिगत गरेर तत्कालीन ओली सरकारसँग गरेको तीन बुँदे सहमति भएको थियो । त्यसलाई लागू गर्ने सन्दर्भमा पाँच महिना बितिसक्दासमेत ओली सरकारले लागू गर्न सकेन । अहिले देउवा नेतृत्वको सरकार बनेपछि पनि नौ महिना बितिसकेको छ । हामीले पटक–पटक सरकारलाई भनिरहेका छौँ तर पनि तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन भएको छैन । यो स्थितिमा प्रतिपक्षी भन्नुस् वा सरकार भन्नुस् यो कुरालाई बेवास्ता भयो । तीन बुँदे सहमति कार्यान्वयन नगरी एकतर्फी ढङ्गले चुनाव जान्छु भन्नु त आफ्नै प्रवृत्तिको डम्फु बजाउन खोज्नुले पनि स्थिति जटिल छ भन्ने देखिन्छ ।
त्यसैगरी, एकअर्काे प्रश्नको जवाफमा प्रवक्ता प्रकाण्डले भनेका छन्– “पछिल्लो एकडेढ वर्षमा देशको स्थिति एकदम जर्जर भएको छ । देश यतिधेरै संकटग्रस्त छ कि कुनै क्षेत्रमा पनि सन्तोषजनक स्थिति छैन, चाहे त्यो राजनीतिक क्षेत्र होस् चाहे त्यो आर्थिक, सांस्कृतिक, सामाजिक, सुरक्षा, शैक्षिक, जनजीविका वा विकासको क्षेत्र होस् सबै क्षेत्रमा कहालीलाग्दो स्थिति छ । यही कुरालाई दृष्टिगत गरेर नै हामीले देशको परिवर्तन र जनताको आकांक्षाको निम्ति एउटा विकल्प प्रस्तुत गरेर संघर्ष गरिराखेका थियौँ । यो पार्टीको धारणा अब राष्ट्रिय रुपमा नयाँ ढङ्गले अगाडि बढाउनुप¥यो भनेर नै तीन बुँदे सहमति गरेर राजनीतिकरुपमा वार्ता, छलफल र संवादबाट शान्तिपूर्ण ढङ्गले समाधान गर्ने भन्यौँ । यही सन्दर्भमा केन्द्रीय समितिमा बहस गर्दै जाँदा स्थानीय निर्वाचनलाई नयाँ ढङ्गले प्रयोग गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ । अब यसका निम्ति सरकारले ठीक ढङ्गले सोच्यो भने हामी जनताको आकांक्षा, भावना र पार्टीको राष्ट्रिय दायित्व पूरा गर्नेतिर लाग्छौँ, हामी परम्परागत दृष्टिले मात्रै सोच्ने पक्षमा छैनौँ । तर, सरकारले सोचेन भने फेरि नयाँ ढङ्गले सोच्नैपर्छ ।”
यसैगरी, बीबीसको चुनाव प्रयोग भनेको के हो भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता प्रकाण्डले भनेका छन – “चुनाव प्रयोग भनेको सरकारसँग तीन बुुँदे सम्झौता गरेर एउटा नयाँ मोर्चा खोलेको हो । यो बेलामा चुनाव आएपछि चाहे स्थानीय नियकायका प्रतिनिधि हुन्, चाहे संसद्का प्रतिनिधि हुन् ती कसैले पनि जनताको आकांक्षा र भावनाअनुसार काम गरेनन् र सरकारले पनि गर्न सकेको छैन । बरु उल्टै भ्रष्टाचार कमिशन, महँगी र राष्ट्रघातबाट जनता आजित् छन् । जनताले विकल्प खोजिरहेका छन् । यो बेलामा चुनावलाई नयाँ ढङ्गले प्रयोग गर्ने भनेका हौँ । त्यो भनेको परिवर्तन र क्रान्तिको निरन्तरताको मोर्चाको रुपमा आफ्नै ढङ्गले नयाँ प्रस्तुत गरिराखेका राजनीतिक पार्टीको चुनावी मोर्चा बनाएर अगाडि बढ्ने भन्ने हो ।”
यसैगरी, एकअर्को प्रश्नको जवाफ दिँदै प्रवक्ता प्रकाण्डले भनेका छन – “अहिले स्थानीय निर्वाचनलाई राष्ट्रिय स्वाधीनताका पक्षधर, जनमुक्तिका पक्षधर र जनतालाई आजित बनाएका बिषयविरुद्ध खडा हुने प्रतिनिधिहरुलाई हामीले चुनावी मोर्चामा पठाउने हो । यसका लागि हामी छ पार्टीसँग छलफलमा छौँ । क्रान्तिकारीहरुको चुनावी मोर्चा बनाएर जान्छौँ , स्वतन्त्ररुपमा देश र जनताको प्रतिनिधितव गर्ने व्यक्तिको सहयोग लिन्छौँ र उनीहरुलाई पनि सहयोग दिन्छौँ ।”