किसानलाई तुरुन्त मल उपलब्ध गराउन , रासायनिक मलमा भैरहेको महंगी र कालोबजारी अन्त्य गर्न माग

२०७९ जेष्ठ २५ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको जनसंघर्षको कार्यक्रम अन्तरगत बुधबार अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)ले देशव्यापीरुपमा बिरोध प्रदर्शनसहित कोणसभा गरेका छन् । यसैक्रममा काठमाडौंको शान्तिबाटिकामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले कोणसभा गरेको छ । उक्त कोणसभालाई नेकपाका केन्द्रिय सदस्य तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष ओमप्रकाश पुनले सम्बोधन गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै नेता पुनले किसानलाई तुरुन्त मल उपलब्ध गराउन , रासायनिक मलमा भैरहेको महंगी र कालोबजारी अन्त्य गर्न माग गरेका थिए ।


यसैगरी, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) दाङले मल,बिउको सहज आपूर्तिको माग गर्दै जिल्लाव्यापी प्रदर्शन सहित कोणसभा गरेको छ। दाङको तुलसीपुरमा भएको बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिव डिल्ली वलीले किसानहरु उत्पादनका लागि खेतबारीमा हुँदा राज्यले मल,खाद बीउ उपलब्ध गराउन नसकेको बताए। नेता वलीले राज्यले कृत्रिम अभाव सिर्जना गरेर किसानहरुलाइ मल,खाद उपलब्ध नगराएको समेत स्पष्ट पारेका थिए।
उनले भने– ‘कृषिप्रधान देशलाई समयमा मल,खाद उपलब्ध नगराउने,कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने किसानमारा नितिका विरुद्धमा आन्दोलन शसक्त बनाउछौ।’
बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै अर्का वक्ता युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोज परियारले मल,खादको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाइ संगठनले शसक्त कार्वाही गर्ने उद्घोष गरे। नेता परियारले भने– ‘मल खादको कालोबजारी कसैले गर्छ भने संगठनलाई जानकारी गर्नुस जनकारबाही गर्छौं।’


शान्तिपुर्ण ढंगले राज्यलाई किसानहरुलाइ सहज र सरल ढंगले मल,खाद उपलब्ध गराउन र कालोबजारी नियन्त्रण गर्न माग गरि गरिएको प्रदर्शनलाई बेवास्ता गरे कडा संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने नेता परियारको उद्घोष थियो। बिरोध प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय वलीले गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार