अमेरिकी हस्तक्षेपविरुद्ध देशव्यापी बिरोध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको जनसंघर्षको कार्यक्रम अन्तरगत आज अमेरिकी साम्राज्यवादी हस्तक्षेपविरुद्ध देशव्यापीरुपमा बिरोध प्रदर्शनसहित कोणसभा भएका छन। यसैक्रममा काठमाडौंको शान्तिबाटिकामा विरोध प्रदर्शन पश्चात् आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य ओम पुनले अमेरिकी बिदेश उपमन्त्री अजरा जिया नेपाल भ्रमणको क्रममा दुई देश बिचको कुटनीतिक मर्यादालाई कुल्चेर काठमाण्डाैं स्थित तिब्बतियन शरणार्थी शिविर बौद्ध, स्वयम्भू र जावलाखेलमा रहस्यमय भएको बताएका छन । नेता पुनले जियाको भेटघाटले देशको रास्ट्रिय स्वाभिमानमाथी ठाडाे हस्तक्षेप भएको ठोकुवा गरेका थिए ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध विराेध प्रदर्शन गरेको छ । कार्यक्रम विभिन्न नारा र प्लेकार्ड प्रदर्शनसहित काेण सभामा परिणत भएकाे थियो । काेणसभा कार्यक्रममा जिल्ला सचिव युगीनले सम्बाेधन गर्दै राष्ट्रघाति जुनसुकै सन्धि सम्झाैता आफुहरुलाई स्वीकार्य नहुने बताए । अहिले भइरहेको अमेरिकी हस्तक्षेप तत्काल खारेज गर्नु पर्ने, सबै खाले मुल्य वृद्धि खारेज हुनुपर्ने, किसानहरुलाई तत्काल मल उपलब्ध गराउनु पर्ने तर्फ सरकार दिनुपर्ने बताए । याे राष्ट्रिय स्वाधीनताकाे लडाईमा सबै नेपाली देशभक्त, श्रमजीवी वर्ग मिलेर साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्नु पर्ने बताए ।

साेही कार्यक्रममा पार्टीका विशेष समिति सदस्य किरण घिमिरेकाे पनि उपस्थित थियाे । कार्यक्रमकाे सन्चालन जिल्ला सदस्य राजेन्द्र थापाले गरेका थिए । कार्यक्रममा अमेरिकी साम्राज्यवादी हस्तक्षेप बन्द गर !, राष्ट्र स्वाधीनता कायम गराैँ !, एमसीसी सम्झौता खारेज गर!, किसानलाई मल तत्काल वितरण गर!, मलमा भएको कालाेबजारी तत्काल नियन्त्रण गर! जस्ता नारा लगाएका थिए ।