‘अमेरिकी प्रभुत्व स्विकार्य छैन’

२०७९ जेष्ठ ३० गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाललाई अमेरिकी प्रभुत्व स्विकार्य नभएको बताएको छ। सो पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज माइला लामाले अमेरिकी सेनाका जर्नेल तथा हिन्द प्रशान्त क्षेत्रका सैन्य कमान्डर चर्ल्स ए फ्लिप नेपाल भ्रमणमा रहेको बेला आयोजित एमसीएको कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता लामाले,आमाभन्दा जन्मिएको देश प्यारो हुन्छ, देसप्रती घात गर्नु भन्दा मर्नु वेश हुन्छ ,भन्दै अगाडी भने – ‘अमेरिका र एमसिसी कै कारण हजारौ युक्रेनिहरुको ज्यान गैरहेको छ र सुन्दर शहरहरु भग्नावशेसमा वदलिएका छ्न, अमेरिका नेपाललाई पनि त्यस्तै भयावह द्वन्दमा पुर्याउन चाहान्छ तर हामीलाई अमेरिकी प्रभुत्व स्विकार्य छैन , देशको स्वाधिनताका लागि अन्तिमसम्म लड्छौ ।’


नेता लामाले प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओलीले नेपालका जनताले एमसिसी नपढ्कोले बिरोध गरिरहेका छन भन्नु भनेको जनतालाई गुलाम र अज्ञानि ठान्नु हो भन्दै उनले भने – “देउवा ओलिले एमसिसी बारे नेपालका नेताहरुले पढेक छैनन भनेका छन म उहाहरुलाई चुनौती दिएर भन्छु तपाइहरु जस्ता लाचार र देशद्रोहि नेताहरु भन्दा यो माटोलाई माया गर्ने मजदुर किसान र देशभक्तहरुले कैयौं गुणा पढेका छन , एमसिसी बुझेका छन । बरु तपाइहरुको व्यक्तिगत स्वार्थले तपाइहरु जनतालाई मूर्ख देख्दै हुनुहुन्छ , इतिहासले यसको राम्ररी जवाफ दिनेछ।
कार्यक्रमको क्रममा गो व्याक अमेरिका, अमेरिकी साम्राज्यवाद मुर्दावाद ! रिजेक्ट एमसिसी ! दलालहरु होसियार जस्ता नाराहरु लगाइएको थियो।


उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य ओमप्रकाश पुनले समेत मन्तव्य राखेका थिए भने उक्त कार्यक्रमको संचालन केन्द्रिय सदस्य आस्थाले गरेकी थिइन।
काठमाडौको शान्तिवाटिका र प्रज्ञा भवन चोक गरि दुइतिरबाट शुरु गरिएको बिरोध प्रदर्शन दरबारमार्गमा रहेको याक एण्ड यति होटेलमा रहेको एमसिएको कार्यालय अगाडि समापन गरिएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु