दलाल पुजीवादी सत्ता चरम संकटमा

२०७९ असार २९ गते, बुधबार


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुजीवादी सत्ता चरम संकटमा रहेको र अन्तर्राष्ट्रिय परिस्थितिसमेत क्रान्ती अनुकुल रहेको ठोकुवा गरेका छन । महासचिव विप्लवले सो पार्टीको युवा संगठन नेपालको चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । उनले पार्टीका विरुद्ध भ्रम फैलाउने फुटवादीहरुको कोलाहल जनताले बिश्वास नगर्ने बताउदै भने – ‘कम्युनिस्ट पार्टीलाई जनता र राष्ट्रप्रती उत्तरदायी पार्टी बनाउनुपर्छ। राष्ट्रिय स्वाधीनताको पक्षमा विश्राम नगरी लड्नुपर्छ।युवाहरु भ्रष्टाचार,सामाजिक विभेद,महंगी,बिकृती बिसंगती विरुद्ध निरन्तर संघर्षमा होमिरहनुपर्छ।’
महासचिव विप्लवले अवसरवाद खासखास समयमा आउने कुरा समेत बताउनुभएको थियो।अवसरवादीहरु मौका कुरेर बस्ने र जतिबेला आफ्नो फाइदा हुन्छ प्रहार गर्ने बताए ।
उनले भने – ‘धर्मेन्द्र-सुदर्शनले ढाडमा छुरी हानेर हिडे।पुससम्म सुदर्शनले निर्वाचन बहिस्कारको कुरा गरेनन्।धर्मेन्द्रले राष्ट्रपतीय प्रणालीको प्रस्ताव गरेका हुन।अवसरवादीहरुले मौका कुरेर बसेका हुन्छन त्यसैगरी धर्मेन्द्र-सुदर्शनले चुनाव प्रयोगको तत्कालीन कार्यनीतिलाई बहाना बनाएर आफ्नो फाइदाको लागि पार्टी र क्रान्तीमाथी प्रहार गरेर हिडे।वर्गसंघर्षले अन्तरसंघर्षमा पनि शुद्धिकरण ल्याउछ।’
एमसिसीपछि नेपालमा अमेरिकी सेना आउँछ भन्ने पार्टीले बताउदै आएको भन्दै अहिले त्यो कुरा पुष्ठि भएको विप्लवको भनाइ थियो। उहाले अमेरिकी सेना आउने कुरा कांग्रेसलाई पनि थाहा भएको तर यति छिट्टै नाङ्गो ढंगले आइहाल्छ भन्ने नलागेको समेत प्रष्ट्याए ।
महासचिव विप्लवले कंचन-सुदर्शन एकीकृत जनक्रान्तीका बिरोधीहरुको घेरामा फसेको बताउदै एकीकृत जनक्रान्ती जुकसुकै मुल्यमा पूरा गरिछाड्ने दृढता व्यक्त गरे ।
पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यमा सुरु भएको युवा संगठन नेपालको चौथो पुर्ण बैठकमा नेकपाका सचिवालय सदस्य सन्तोष बुढा(विषम),नेकपाका केन्द्रीय सदस्य एवम संगठनका फ्र्याक्सन इन्चार्ज कृती, नेकपाका केन्द्रीय सदस्य एवम धादिङ-काठमाडौं जिल्ला इन्चार्ज माइला लामा,नेकपा केन्द्रीय सदस्य एवम भक्तपुर जिल्ला इन्चार्ज आस्था,नेकपा केन्द्रीय सदस्य शुसिलको आतिथ्यता रहेको थियो।
संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीको अध्यक्षतामा बसेको बैठकको संचालन संगठनका महासचिव बिदुसीले गरेकी थिइन्

प्रतिक्रियाहरु

[anycomment]