दलाल पुँजीवादी संसदीय व्यवस्थाको खारेजी अनिबार्य

२०७९ असार ३० गते, बिहीबार

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सबै समुदाय र वर्गको मुक्तिका निम्ति एकीकृत जनक्रान्तीमार्फत दलाल पुँजीवादी संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताएका छन । बिहिबार श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन्। उनले क्रान्तिमा श्रमिक समुदायको योगदान अतुलनीय रहेको बताउदै क्रान्तिको उत्कर्षमा भएको हुँदा निरन्तर संघर्षको अपरिहार्यता रहेकोसमेत बताए ।
श्रमिक समुदाय मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकले एमसिसी – एसपिपीलगायत राष्ट्रघात, महंगी, जातीय विभेदविरुद्ध सशक्त संघर्ष गर्ने, संगठन सुदृढ तथा बिस्तार अभियान सञ्चालन गर्नेलगायत निर्णय गरेको छ ।
त्यसैगरी, बैठकले असोज १ गतेदेखि काठमाण्डौंमा हुने नेकपाको केन्द्रीय महाधिवेशनका निम्ति पार्टीको अभियानमा मोर्चाले सहकार्य गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]