राष्ट्र गुम्ने खतरा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले संसदवादी दलहरुका कारणले राष्ट्र गुम्ने खतरा रहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी दाङको ९औ पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता शितलले सो कुरा बताएका हुन् ।
नेता शितलले भने – ‘संसदवादीको भरपर्ने हो भने राष्ट्र गुम्दै छ।नेपाली जनतामाथी अनेकौं षड्यन्त्र भइरहेका छन।नेपालमा यो दलाल पुजीवादी संसदीय व्यवस्थालाई ध्वस्त पारी वैज्ञानिक समाजवाद स्थापनाले मात्रै राष्ट्र बचाउन सकिन्छ।’
नेता शितलले अमेरिकाले नेपालमा लाद्न खोजेको एसपीपी सम्झौता नेपाली सेनालाइ प्यारालाइसिस वा अपांग बनाउन ल्याइएको साम्राज्यवादको नया हस्तक्षेपको योजना भएको बताए ।
एक फरक प्रसंगमा बोल्दै नेता शितलले पार्टीबाट अलग भएका सुदर्शनको उद्देश्य क्रान्ती गर्ने नभइ नेकपालाइ क्षतबिक्षत गर्ने भएको समेत बताए । उनले भने – ‘सुदर्शनको उदेश्य क्रान्ती गर्ने थिएन,नेकपालाइ क्षतविक्षत गर्ने थियो तर सक्नुभएन। पार्टी फुटको असरले जनतामा मनोबैज्ञानिक असर देखा परेको छ तर हामी जनतालाइ सत्य कुरा भन्छौं।हामी संसदवादी हुने कल्पना नगर्नुस,एकपटक एकीकृत जनक्रान्ती मार्फत आन्दोलनको आधिबेरी आउँछ,पुजीवादी राज्यसत्तालाई खरानी पारिन्छ।’
पार्टीले राष्ट्रघात,महंगी,भ्रष्टाचार,व्यथिती,विसंगति,सामाजिक बिभेद,एमसिसी/एसपीपी लगाएतका सम्झौताका विरुद्ध निर्णायक संघर्ष गर्ने नेता शितलको भनाइ थियो।
नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टी बिशेष कमिटी सदस्य द्वय सम्झना र बिक्रम,युवा संगठन नेपालका केन्द्रीय सचिव तिलकको आतिथ्य रहेको थियो। बैठकले पार्टीको जिल्ला सम्मेलन भदौ १७-१८ गते गर्ने निर्णय गरेसंगै पार्टीको जिल्ला समिती सम्मेलन आयोजक कमिटीमा रुपान्तरण भएको छ।
यसैगरी, बैठकले पार्टीको असोज १-८ सम्म काठमाडौमा हुने ऐतिहासिक नवौं महाधिवेशनलाई भव्य ढंगले सम्पन्न गर्न जिल्लामा सम्पुर्ण तयारीलाई प्रभावकारी ढंगले संचालन गर्ने निर्णय समेत गरेको नेकपाले जनाएको छ। बैठकले सेल कमिटी गठन/पुनर्गठन,वडा,गाउँ-नगर कमिटीका सम्मेलन गर्दै जिल्ला सम्मेलन गरि महाधिवेशनको भव्य तयारीमा जुट्ने र एमसिसी सम्झौता,एसपिपी सम्झौता,महंगी,मल बीउ अभाव,सामाजिक विभेद,भ्रष्टाचार,व्यथिती,बिसंगती विरुद्ध भीषण संघर्ष गर्ने निर्णय समेत गरेको छ।
बैठकको अध्यक्षता तथा संचालन नेकपा दाङका सेक्रेटरी प्रदिपले गरेका थिए।
यसैबीच , नेकपा दाङको ९औ पुर्ण बैठकको अवसरमा पार्टीका जिल्ला कमिटी सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम ललितपुर जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएका मनोज परियार र पार्टीका जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवम संगठनको कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी प्राप्त गरेका संजय वलीलाइ बिदाई गरिएको हो।
पार्टी संगठनको आवश्यकता अनुसार नया कार्यक्षेत्रमा जान लाग्नुभएका कमरेडहरुलाइ बिदाई गरिएको नेकपाले जनाएको छ। नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितल,पार्टी जिल्ला सेक्रेटरी प्रदिप लगाएत बैठकमा उपस्थित अतिथिहरुले रक्तिमोपहार प्रदान गर्दै टीका लगाएर बिदाई गरिएको हो। बिदाइ हुने द्वय नेताहरुले बैठकमा अनुभुतीजन्य मन्तव्य राखेका थिए।