गलत प्रवृत्तिहरु पार्टी र क्रान्तिबाट भाग्दै जान्छन

२०७९ श्रावण २ गते, सोमबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिकारी आन्दोलनको लामो यात्रामा कयौं गलत प्रवृत्तिहरु पार्टी र क्रान्तिबाट भाग्दै जाने ठोकुवा गर्दै यसको पछिल्लो उदाहरण धर्मेन्द्र र सुदर्शन भएको बताएका छन ।
अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौं केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् ।
उनले कञ्चनर सुदर्शनले क्रान्ति गर्छन् भनेर उनको पछाडि लाग्नु आफुलाई विसर्जन गर्नुभएको भन्दै पलायनवाद र अराजकता वादको एउटै प्रवृत्ति भएकाहरु सधै एकैठाउँमा हुनेसमेत बताए ।
महासचिव विप्लवले साहित्य क्रान्तिको साधन भएको बताउदै रुसी क्रान्तिको सन्दर्भमा कमरेड लेनिनले साहित्यलाई दाँत र पेचकिला भन्नुभएको प्रसंग जोड्दै उहाँले साहित्यको पक्षधरता हुने बताए ।उनले साहित्य वर्गीय दृष्टिले श्रमिकवर्गको पक्षमा, सत्ताको दृष्टिले वैज्ञानिक समाजवादको पक्षमा र संघर्षको दृष्टिले वर्गसंघर्ष र एकीकृत जनक्रान्तिको पक्षमा हुनुपर्ने बताउदै लेखक साहित्यकार एवं संस्कृतिकर्मीहरु साहित्यको पक्षधरता मात्रनभएर प्रतिबद्धतासहित संघर्षमा हुनुपर्ने बताए । महासचिव विप्लवले संस्कृति राजनीतिबाट अलग हुन्छ भन्ने गलत भएको भन्दै जनताको पक्षमा सिर्जनाका लागी कयौं अप्ठ्यारा र संघर्षबाट गुज्रनुपर्ने बताए ।
यसैगरी, महासचिव विप्लवले दलाल संसदीय पुँजीवादी राज्यसत्ता पूर्ण रुपमा ध्वस्त नपार्दासम्म जनताको व्यवस्था नआउने भन्दै यसकालागी पार्टीले निरन्तर संघर्ष गर्ने बताए । उनले आलोचनाबाट अस्तित्व धान्दै आएका कतिपय लेखक संस्कृतिकर्मीहरु प्रतिलक्षित गर्दै माक्र्सवादी साहित्यकार एवं संस्कृतिकर्मीहरु आलोचनात्मक चेत सहितको हुनुपर्ने तर आलोचना वर्ग संघर्षको पक्षमा हुनुपर्ने बताए । महासचिव विप्लवले साम्राज्यवादले नेपाललाई कम्युनिस्ट रहित पश्चिम बंगाल बनाउन खोजिरहेको भन्दै यसका विरुद्ध डटेर लड्ने बताउदै राज्य सत्ता बन्दुकको नालबाट निस्कने भन्दै अहिले विचारको बन्दुक बोकेर लड्ने बताए । उनले पार्टी विरुद्ध प्रतिक्रियावादीहरु, फुटवाद र अवसरवादीहरुले चौतर्फी हमला गर्ने प्रयास गरेपनियसले आफुलाई कुनै फरक नपार्ने बताए ।
उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर, पार्टी केन्द्रीय सदस्यएवं महासंघका केन्द्रीय अध्यक्ष माइला लामालगायतले प्रशिक्षण दिएका थिए ।
बैठकले ७ जना केन्द्रीय सदस्य थप गरेको छ । जसमा रुपन्देहीबाट विहानी मगर, मोरङबाट देवराज, संखुवासभाबाट सुजन, कालीकाटेबाट समग्र बम, सामना परिवारबाट हेमराज, चन्दन, कुमार रहेका छन ।

प्रतिक्रियाहरु

[anycomment]