४ कम्युनिस्ट पार्टीद्वारा जनसंघर्षको तयारी : भोलि पत्रकार सम्मेलन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले भोलि साउन १० गतेको पत्रकार सम्मेलनमार्फत आगामी जनसंघर्षको कार्यक्रम सार्बजनिक गर्ने बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयले नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले भोलि साउन १० गते मंगलबार मध्यान्ह १२ . ३० बजे प्रज्ञाभवन, कमलादीमा पत्रकार सम्मेलन गर्ने र सोही पत्रकार सम्मेलनमार्फत आगामी जनसंघर्षको कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाएको छ।.