सरकारद्वारा ३ बुँदे सहमतिको उलंघन: नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग गरेको ३ बुँदे सहमतिको गम्भीर उलंघन गर्दै नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। नेपाल कम्युनिस्ट पार्टीले ३ बुँदे सहमति अक्षरश : पालना गरिरहेको बेला सरकारले उक्त सहमति कार्यान्वयन गर्नुको सट्टा उलंघन गर्दै आएको थियो । उक्त ३ बुंदे सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु रहेको थियो । नेपाल कम्युनिस्ट पार्टीले ३ बुँदे सहमति अक्षरश : पालना गरिरहेपनि सरकारले यो सहमती पूर्णरुपमा कार्यान्वयन गर्न आनाकानी गर्दै आइरहेको थियो ।


यसैक्रममा सोमबार ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहितका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेर यसको पुष्टि गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीसंग गरेको ३ बुँदे सहमति कार्यान्वन गर्नुको सट्टा झन् उलंघन गर्दै पक्राउ पुर्जी जारी गर्नुले सरकार नै देशलाई द्वन्दमा फसाउन उद्धत भएको राजनीतिक बिश्लेसक हरुले बताएका छन् भने आमजनताले सरकारको यस कार्यको ब्यापक बिरोध गरेका छन।
