नेकपाको दोश्रो पूर्ण बैठक सम्पन्न : दुई महिने अभियान संचालन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय शिबगढी कपिल्बस्तुमा दुई महिने अभियान संचालन गर्ने निर्णय गर्दै सम्पन्न भएको हो । दुई महिने अभियान अन्तरगत सरकारले घोषणा गरेको संसदीय निर्वाचन खारेज गर्ने, बढ्दो महङ्गी, भ्रष्टाचार, दलालीकरणका विरुद्ध संघर्ष गर्ने, अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध संघर्ष गर्ने निर्णय भएको जनाइएको छ । दुई महिने अभियानभित्र माओको जन्मजयन्ती पनि भब्य रुपमा बनाउने निर्णय गरिएको बताइएको छ ।

त्यस्तै, बैठकले ६ सदस्यीय स्थायी समिति र २९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । बैठकले नेकपाको प्रबक्तामा प्रकाण्डलाई पुन: चयन गरेको छ । नेकपाको भर्खरै सम्पन्न ९ औं महाधिवेशनले १२६ जनाको केन्द्रीय समिति र १३९ जनाको केन्दीय प्रतिनिधि समिति निर्वाचन गरेको थियो ।

