निर्वाचनप्रति चरम जनबित्रिष्णा !

२०७९ मंसिर ५ गते, सोमबार


केन्द्रिय प्रतिनिधि र प्रदेश सभाका लागि आइतबार सम्पन्न चुनावमा न्युन जनसहभागिता र घट्दै गएको मत परिमाणलाई हेर्दा चुनावले जनतामा उत्साहभन्दा पनि पुराना पार्टी र पुरानै नेता प्रतिको बिकर्षण देखिएको छ।आईतवार साँझ निर्वाचन आयोगको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले व्यक्त गरेको प्रतिक्रियाबाट समेत चुनाव उत्साजनक नभएको प्रस्ट हुन आउछ। “छिटफुट घटनाका बीच निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ।अहिलेसम्म ६१ प्रतिशत मत खसेको देखिन्छ, यो भनेको हामीले अपेक्षा गरेभन्दा कम हो”-प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।
लोकतन्त्रमा चुनावमा नगरिकको सहभागीता सकृय रुपमा वृद्धि हुदै जानुलाई यसको सफलताको महत्त्वपूर्ण पक्ष मानिन्छ । तर सार्वभौम भनिएका जनताको सहभागी पहिले भन्दा घट्दै जानु भनेको बिध्यमान व्यवस्था र नागरिक अपेक्षा बीच ठुलो खाडल र दुरी छ भन्ने स्वत: अनुमान गर्न सकिन्छ। प्रकारान्तरले यसलाई व्यवस्था भित्रको संकटको बिज हुर्कदै गएको अर्थमा पनि लिन सकिन्छ।
संसदिय चुनावको पर्यवेक्षण गरिरहेको रास्ट्रीय निर्वाचन पर्यवेक्षण समिती ( नियोक)ले निर्वाचन शान्तिपुर्ण रहे पनि मतदातामा उत्साह कम रहेको प्रतिक्रिया दिएको छ भने अन्य मानवअधिकारबादी संस्थाहरुले समेत लोकतन्त्रमा मतदाताको उत्साह घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन। सामाजिक सञ्जाल र केहि ठुला भैएका सञ्चार माध्यमहरुले समेत चुनावमा नागरिक सहभागीता घट्दै जानुमा दलिय कुशासन, दलहरुको एजेन्डा बिहिन र सत्ताको भागबण्डा राजनिति र लखौको संख्यामा बिदेशिनु पर्ने मतदाताहरुको बाध्यता जस्ता कुराहरु तर्फ संकेत गरेका छन।
निर्वाचन आयोगले चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न भएको भनेर प्रतिक्रिया दिएको भएपनि देशभर बम विस्फोट , प्रहरी हस्ताक्षेप , मतपेटिका खोसिने र जलाइने कार्यहरु भएका छन भने कतिपय ठाउमा निर्वाचन पुनः गर्ने गरि स्थगित भएका छन। रोल्पा थवाङ वार्ड न १ मा १३१४ मतदाता रहेकोमा २३०जनाले मात्रै मतदान गरेका छ्न। पोखरा उप महानगरको वार्ड न ३२ का सुकुम्बासी बस्तीका कसैले पनि मतदान नगरेको फोटो सार्वजनिक गरिएको छ। त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका ९को शिवगढीमा ४०२९ मतदाता रहेकोमा २०८०मत मात्रै खसेका छ्न। देशै भरी मतदान नगर्नेहरुको संख्या अब लाखौ पुगेको छ। बाजुराको एक मतदान केन्द्रमा दुइ गठबन्धन बीच विवाद भएपछि प्रहरीले गोली चलाउदा एक स्थानीय सञ्जीव ऐडिको मृत्युु भएको छ।
मुलुकमा विभिन्न प्रकारका समस्या र मुद्दाहरु छ्न।महिला , दलित, किसान , वेरोजगार युवा, आदिवासी जनजाति तथा शिक्षा र स्वास्थ्यमा पुनर्संरचनाका गर्नु पर्ने सवालहरु छ्न । बिगतमा तीनै मुद्दाहरु उठाएर सत्तासिन भएका पार्टी र नेताहरू बारम्बार शक्तिमा त पुगे तर मुद्दाहरूको कार्यान्वयन भएन। अहिलेको चुनाबमा त मुद्दाहरु नै छैनन् । खाली सत्ताको लेनदेन र बाडफाड छ। पार्टी र नेताहरु टेस्टेड छन।चुनावले यिनको बिकल्पसमेत दिन सकेन र नागरिकहरु उत्साहित हुन सकेनन।

प्रतिक्रियाहरु

[anycomment]