समाजवादी संघीयता आजको आवश्यकता

२०७९ फाल्गुन १८ गते, बिहीबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवादी संघीयता आजको आवश्यकता भएको बताएका छन । सो पार्टीनिकट मगर मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैंठकलाई सम्बोधन गर्दो महासचिव विप्लवले नेपालमा विद्यमान दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनापछि निर्माण हुने समाजवादी संघीयताले मात्र देशमा रहेका सबैं पहिचान र क्षेत्रमा रहेका उत्पीडितहरुले अधिकार पाउने बताएका हुन्।
उनले विद्यमान संघीयताले काम नगरेको भन्दैं यो संघीयतालाई खारेज गरेर समाजवादी संघीयता आवश्यक भएको बताए ।
महासचिव विप्लव सीले वर्तमान संघीयतामा बुर्जुवा संसदवादी नेता कार्यकर्ताहरुले जागिर खाने काम मात्र भएको बताउँदैं यो संघीयतालाई खारेज गरेर समाजवादी संघीयता निर्माण गर्नुपर्ने उल्लेख गर्दै यो संघीयताले देश र जनताको पक्षमा कुनैं पनि काम गर्न नसकेको र संघ र प्रदेशको नामाकरण नैं नक्कली रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]