‘शहिद-बेपत्ताहरुकाे सपना पुरा गरेरै छाड्छौ’

२०७९ फाल्गुन २१ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले सहिद तथा वेपत्ताहरुको सपना अझै पुरा हुन नसकेको बताउदै शहिद-बेपत्ताहरुकाे सपना पूरा गर्ने प्रतिबद्धता पुन: दोहोर्याएका छन्। नेकपा ललितपुरद्वारा आयोजित सहिद तथा बेपत्ता योद्धा परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो प्रतिबद्धता दोहोर्याएका हुन् ।
महासचिव विप्लव सी ले सहिद तथा बेपत्ता योद्धाहरूको सपना र लक्ष्य अझै पूरा नभएको र ती सपना पूरा गर्नका लागि नेकपाको नेतृत्वमा अगाडि बढाइरहेको एकीकृत जनक्रान्तिद्वारा पूरा गर्नुपर्छ भन्दै प्रचण्ड, बाबुरामहरुले अलपत्र परेको अधुरो क्रान्ति पूरा गर्न नेकपा प्रतिबद्ध भएको बताए । उनले भने- ‘जनयुद्धलाई अपराधिकरण गर्ने पुँजीवादी षडयन्त्रलाई पार्टीले चक्नाचुर परिनेछ।’
उक्त कार्यक्रम नेकपा ललितपुरका सेक्रेटरी विकास सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार