नेकपाका महासचिव विप्लव र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

२०७९ फाल्गुन २४ गते, बुधबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा पछिल्लो बिकसित देशको राजनीतिक घटनाक्रमबारे घम्भिर छलफल र समिक्षा भएको बताइएको छ।
उक्त बेत्वार्तामा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लवले बिगतमा सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुदे सहमति अनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरुको रिहाई र मुद्दाहरुको खारेजी गर्नुपर्ने धारणा राखेको र प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसारका कामहरू अगाडि बढाउनेबारे सकारात्मक जवाफ दिएको बताईएको छ ।

प्रतिक्रियाहरु

[anycomment]