‘जनताको आदेश नमान्ने पार्टी ,पार्टी नै होइन ‘

२०८० बैशाख ९ गते, शनिबार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले जनताको आदेश नमान्ने पार्टी पार्टी नै नहुने ठोकुवा गर्दै जनताको आदेशअनुसार आफुले नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गरेको बताए । नेपाल कम्युनिस्ट पार्टीद्वारा पार्टी स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधनन गर्दै नेता सुशिलले सो कुरा बताएका हुन् ।
अध्यक्ष बुढाथोकीले जनताको सहभागिता, जनताको भूमिका र जनताको अधिकार स्थापित गर्न नसकेको खण्डमा कम्युनिस्टहरुको कुनै औचित्य नहुने ठोकुवा गर्दै भने- ‘हामी जनयुद्धमा ८० प्रतिशत भूभाग कब्जा गर्दा पनि जनताको सहभागिता थियो । त्यो आन्दोलनले राजतन्त्रको अन्त्य गर्यो । हामीले पार्टी एकता गर्दा जनतालाई केन्द्रमा राखेर एकता गरेका छौं । यसले वैज्ञानिक समाजवाद ल्याउन भूमिका खेल्ने छ ।’

उनले यो एकता सबै कम्यस्निस्टहरुलाई एकतामा आउनका लागि सन्देश दिएको भन्दै सबैलाई एकतामा आउन अपिल गर्दै भने- ‘हामीले सबैलाई एकीकृत गर्न आवश्यक छ । कुनै पनि पार्टी पूर्ण हुँदैन, कुनै पनि पार्टी एकीकृत हुँदैन ।’
उनले अगाडि भने, ‘पानी ९९ डिग्री तापेको छ भनेर हुँदैन । पानी उम्लिन १०० प्रतिशत हुनैपर्छ । हामी ९९ प्रतिशतमा हामी उपलब्धि हासिल गर्न सक्दैनौं ।’

उनले आगामी दिनमा क्रान्तिकारी माओवादीसँग पनि एकताका लागि पहलकदमी लिने बताउदै भने – ‘हामीले अब कन्चन र किरणसँग पनि एकतालाई पहलकदमी लिनपर्छ । यसलाई छलफलमा ल्याउन पर्छ र पार्टी एकता गरेर दलाल पुँजीवाद स्थापन गर्नेका लागि संघर्ष गर्न आवश्यक छ । क्रान्तिको बाँकी कार्यभार पुरा गर्न मैले कति गर्न सक्छु म गर्छु । तपाईंहरुले आफ्नो तर्फबाट आफ्नो कार्यभार पुरा गर्नुहोस् ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु