‘क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी विप्लव सी को काँधमा’

२०८० बैशाख ९ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी नेकपाका महासचिव विप्लव सी को काँधमा आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीद्वारा पार्टी स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष महराले सो कुरा बताएका हुन् ।
उपाध्यक्ष महराले नेकपाका महासचिव विप्लव सी लाई भने क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ । तपाईंले नेतृत्व गर्नुहोस् । सचेत आत्मगत स्थिति तयार पार्नुहोस् । क्रान्तिको बातावरण तयार पार्नसक्ने र क्रान्ति गर्ने पार्टी तपाईको मात्र हो ।’
उपाध्यक्ष महराले अगाडी भने – ‘राष्ट्रिय स्वाधिनता रसमाजवादमा हामी एक ठाउँमा बसेर बहस गर्न सक्छौं । आजको आवश्यकता भनेको राष्ट्रिय स्वाधिनता र समाजवादका लागि एकजुट हुन जरुररी छ । यसका लागि समाजवादी मोर्चा बनाउन आवश्यकता छ । राष्ट्रियता र समाजवादका लागि हामी एक ठाउँमा आउनुपर्छ । समाजवादी मोर्चा बनाउन पर्छ । सिद्धान्तका विषयमा विस्तारै छलफल गर्दै जाउँ ।’

उनले पार्टी एकताका लागि पहल गर्नुपर्ने समय आएको बताउदै भने- ‘हामी पार्टी एकताका विषयमा छलफल गरौं । सकिदैन भने कार्यगत एकताका विषयमा छलफल गरौं ।’, उनले भने, ‘पुरानो अवस्थामा एकता गर्न सकिदैन । यथास्थितिमा पनि एकता सम्भव छैन । नयाँ आधारमा नयाँ एकता गरौं । नयाँ मोर्चा खोलौं ।’

उपाध्यक्ष महराले कम्यनिस्टहरु सिद्धान्तलाई बचाउने नाममा जडसुत्रवाद र अतिक्रान्तिकार विचमा भएको धेरै ठूलो खाडल रहेको भन्दै यसको अन्त्य हुनपर्ने बताए । उनले बैशाख महिनाभित्र समाजवादी मोर्चा बनाउने तयारी भएको बताउँदै उ यसका लागि सबैले एक पटक छलफल गर्न पर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार