वैज्ञानिक समाजवाद अपरिहार्य (भिडियोसहित)

२०८० बैशाख ९ गते, शनिबार


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले वैज्ञानिक समाजवाद अपरिहार्य भएको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको खुल्लामञ्चमा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सी ले यो व्यवस्थावाट जनताको मुक्ति सम्भव नभएको र यसका लागि वैज्ञानिक समाजवाद अपरिहार्य भएको बताउदै भने – ‘पुस्पलालको एउटा सपना पूरा भएको छ , सबैभन्दा ठूलो सामन्तलाई हामीले ढालेका छौं ।, राजतन्त्रको अन्त्य गरेका छौं । तर उहाँको अर्को सपना भनेको वैज्ञानिक समाजवाद हो । यो दलाल पुँजीवादको अन्त्य गरेर समाजवादको स्थापना गर्नुपर्छ । पुस्पलालको यो सपना पनि नेकपाले पूरा गर्छ । हामी पूरा गछौं ।’
यसैगरी, महासचिव विप्लव सी ले पुस्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टी स्थापना गर्नु नै क्रान्ति भएको बताएका छन् । उनले ४ जना संस्थापकहरुले ज्यानलाई हत्केलामा राखेर कम्युनिस्ट पार्टीको स्थापना गरेको बताउदै भने – ‘पुस्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जन गोविन्द बैंद्य र नारायण विलास जोशीले ज्यानको प्रबाह नगरेर कम्युनिस्ट पार्टी स्थापना गरे । आजसम्म नेपाल ९ हजार सहिदहरुको नाम आउँछ ।
महासचिव विप्लव सीले कम्युनिस्ट पार्टीको स्थापना भएको विषयमा सामान्य विवाद रहेको तर त्यसलाई विवाद बनाउन नहुने बताउदै भने – ‘हामीलाई माओको जन्म, मृत्य, लेनिनको जन्म मृत्य, माओको जन्म मृत्यु सबैको मिति याद छ । नेपालमा कम्युनिस्ट पार्टी कहिले स्थापना भयो भन्ने विषयमा धेरैलाई थाहा छैन । यो किन भयो ? किन भने यसलाई स्मरण गर्न आवश्यक ठानिएन । हामीले यसलाई स्मरण गरेका छौं ।’
महासचिव विप्लव सी ले नेपालमा जनमत संग्रहबाट समाजवाद सम्भव भएको बताउदै भने- ‘हामीलाई कांग्रेसका साथीहरुले पनि जनमत संग्रह भएत तपाईंहरुलाई भोट हाल्ने हो भन्नुभएको छ । समाजवादी हाम्रो पार्टीलाई मात्र होइन । समाजावाद आएपछि सबैलाई हुन्छ । तीन करोड नेपालीका लागि समाजवाद आउने हो । श्रमिकका लागि समाजवदा आउने हो । तर समाजवादका लागि उहाँहरु तयार हुनुहुन्न । उहाँहरु जनमत संग्रहका लागि तयार हुनुहुन्न । समाजवाद विदेशीको तलुवा चाट्नेहरुको लागि खराब हो, विदेशी दलालहरुका लागि खराब हो । तर श्रमिक जनताका लागि, विद्यार्थीका लागि, बुद्धिजीविहरुका लागि, पत्रकारका लागि एउटा सपना हो ।’
महासचिव विप्लव सी ले अगाडि भने – ‘वैज्ञानिक समाजवाद जनताको मुक्तिका लागि हो । यसलाई कांग्रेसका किसानहरुले पनि उपयोग गर्छन्, मजदुरले पनि उपयोग गर्नेछन् । जनताका, श्रमिक, पत्रकार, बौद्धिक राजनीतिज्ञ सबैका लागि समाजवाद हो भनेर सबैलाई भन्नुपर्छ । लेनिले रुसमा स्थापना गरेको समाजवाद नेपालमा लागु गरौं ।’
महासचिव विप्लव सी ले अब देशको नेतृत्व कम्युनिस्ट पार्टीले गर्ने बताउदै भने – ‘हाम्रा लागि सिंहदरबार मामुली हो । हाम्रा लागि मन्त्री मामुली हो । एक थान मन्त्री र प्रधानमन्त्री ठूलो कुरा होइन । हाम्रो पार्टीमा मन्त्री भएको साथीहरु हुनुहुन्छ । सांसद भएको साथीहरु हुनुहुन्छ । सांसद भएर छलफलमा सहभागी भएका साथीहरु हुनुहुन्छ । सिंहदरबारमा के हुन्छ हामी सबैलाई थाहा छ । यो व्यवस्थाबाट सम्भव केही पनि छैन ।’

यसैगरी, महासचिव विप्लव सी ले विदेशमा गएर समस्याको समाधान नहुने भन्दै नेपालमा संघर्षका लागि तयार हुन सबैलाई आग्रह गर्दै भने -‘विदेश जाने होइन, पिआर लिने होइन, विदेशीको भाडाको टट्टु बन्ने होइन । विदेशी एजेण्ट बन्ने होइन । हामी त नेपाली बन्ने हो । नेपाली श्रमिक बन्ने हो, किसान बन्ने हो । नेपालमै बस्ने हो । नेपालमा वैज्ञानिक समाजवादी स्थापना गरेर विश्वमा नेपालीको सान देखाउने हो ।’
महासचिव विप्लव सी ले सम्पूर्ण माओवादीहरु एक हुने बेला आएको भन्दै त्यसका लागि तयार हुन सबैलाई अपिल गर्दै भने -‘माओवादी मिलेको देखेर धेरै धेरैको निन्द्रा लाग्न छोडेको छ । अरु त अरु कोही हाम्रो माओवादी नेताहरुको पनि निन्द्र लाग्दै । माओवादीले एकता गर्छ । हामी सबै एक हुनुपर्छ ।’, उनले भने ‘माओवादी मात्र होइन सबै कम्युनिस्टलाई एक गर्ने हो । ६५ प्रतिशत कम्युनिस्टहरुलाई एकताबद्ध गरेर वैज्ञानिक समाजवाद स्थापन गर्ने हो ।’
महासचिव विप्लव सी ले सामाजिक संजालका भाषाहरुको पछि नलाग्न आग्रह गर्दै भने -‘ क्रान्ति सम्भव छ, एकीकृत जनक्रान्ति अनुसार सम्भव, नेपाली मौलिकतामा आधारित क्रान्ति हुन्छ । रुसमा भएको जस्तो पनि हुँदैन, चीन भएको क्रान्ति जस्तो पनि होइन, नेपालमा १० वर्ष भएको जनयुद्ध अनुसारको पनि होइन । हामी मौलिक तरिकाले क्रान्ति गर्छाैँ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु