नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबीच एकता सम्पन्न
२०८० बैशाख १८ गते, सोमबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टी नेपालबीच एकता भएको छ। १३४ औं अन्तरास्ट्रिय मजदुर दिवस तथा सहिद मित्रमणी दिवसको सन्दर्भमा आज काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा आयोजित एक कार्यक्रममा दुई कम्युनिस्ट पार्टीको एकिकरण भएको हो।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी को अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन प्रबक्ता प्रकाण्ड सी र स्वागत मन्तव्य स्थायी समिति सदस्य सुशील सी ले राखेका थिए ।