श्रममा वैज्ञानिक चेतना र दृस्टिकोण जोड्न सके विजय सुनिश्चित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले श्रममा वैज्ञानिक चेतना र दृस्टिकोण जोड्न सके विजय सुनिश्चित हुने बताएका छन । १३४ औं अन्तरास्ट्रिय मजदुर दिवस तथा पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले श्रम गरेर पसिना बगाउनेहरुको विजय सुनिस्थित भएको भन्दै सबैलाई श्रममा जोडिएर पसिना बगाउन आग्रह गरे । उनले भने – ‘साम्राज्यवादका नाइकेहरुले आफ्नो देशमा मात्र होइन संसारका विभिन्न ठाउँमा आफ्नो कृतिम डमी खडा गरेर हाम्रो श्रमलाई दासत्वमा बदले । उनीहरुले हाम्रो सपनाको हत्या गरेर दास बनाउन चाहेका छन् । हामी श्रममा जोडिएर उनीहरुको दासत्वको अन्त्य गर्नुपर्छ । आत्मनिर्भर हुँदै विजयको झण्डा फहराउनुपर्छ ।’
यसैगरी, महासचिव विप्लव सीले भने – ‘नेपाली जनता आफ्नो स्वाभिमानमा कहिल्यै नझुकेको इतिहास छ । यहाँका युवाहरु स्वाभिमानी छन् । युवाहरु श्रममा जोडिन पर्छ । जुन देशका युवाहरुले श्रमसङ्ग चेतना जोड्न सक्दैन उसले दासत्व स्वीकार गर्नु पर्छ’, कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘नेपालका जनता निराश भए भने साम्राज्यवादले घेराबन्दी गरेर देशलाई नै गुलाम बनाउने खतरा छ । हामी कहिल्यै पनि निराश हुनुहुँदैन । जनतालाई निराश बनाउनु हुँदैन ।”

महासचिव विप्लव सीले समाजमा वर्ग पैदा भएकै दिनबाट मजदुर र मालिकबिच संघर्ष चलिरहेको भन्दै मे १ मालिकका विरुद्धको निर्णायक विद्रोह भएको बताए । उनले भने – ‘समाजमा वर्ग पैदा भएको दिनदेखि संघर्ष चलिरहेको छ । यो १९ औं सताब्दीमा आएर एकीकृत भएको हो । निर्णायक विद्रोहका रुपमा परिणत भएको हो ।’, उनले भने, ‘मे १ सिकागोको आन्दोलनको निरन्तरता हो, श्रमिकहरुलाई मालिक बनाउने दिवस पनि । यो हजारौं वर्षदेखिको संघर्षको सफलता हो ।’
महासचिव विप्लव सीले दुलामा लुकेर बसेका प्रतिकियावादीहरुले नेपाली जनताका बिरुद्धमा धावा बोलिरहेको भन्दै हजारौं वर्षदेखि नेपाली जनताले कसैको पनि दासत्व स्वीकार नगरेको ठोकुवा गर्दै भने – ‘हजारौं वर्षदेखि प्रतिक्रियावादीहरु दास भएर बसेका छन् । तर नेपाली जनताले आजसम्म पनि दासत्व स्वीकार गरेका छैनन् ।’, उनले भने, ‘यो नेपाली जनताको कुरा मात्र होइन विश्वभरका श्रमिकहरुले पनि दासत्व स्वीकारेका छैनन् । दासत्वको विरुद्धमा निर्णायक विद्रोह गरेका छन् । त्यसको उदाहरण आजको दिन हो ।’

महासचिव विप्लव सीले कम्युनिस्टहरुले विगतका सबै लडाईं जितेको उल्लेख गर्दै भने- ‘हामीले सबै लडाइ तित्यौं तर सत्ताको मालिक हुन सकेनौं । महिला ,मजदुर सत्ताका मालिक बन्न चाहन्थे, युवा सत्ताका मालिक हुन चाहन्थे, सम्पूर्ण नेपाली जनता सत्ताका मालिक हुन चाहन्थे तर यहाँका दुलामा लुकेका ब्वासाहरुले चलखेल गरेर बन्न दिएनन् । अब हामीले ती ब्वासाहरुलाई दुलाबाट थुतेर हामी सत्ताका मालिक हुन्छौं । हामीलाई कसैले रोक्न सक्दैन । अब नेपालमा हाम्रै नेतृत्वमा निकट भविष्यमै नेपाली श्रमिक जनता सत्ताको मालिक हुनेछन ।’
महासचिव विप्लव सीले नेपालमा कम्युनिस्ट असफल नभएको भन्दै कम्युनिस्टहरुकै नेतृत्वमा वैज्ञानिक समाजवाद जन्मिने बताए । उनले पार्टी एकताको सन्दर्भमा बोल्दै विप्लवले श्रमिक जनता पार्टीसँगको एकता समाजवादी आन्दोलनको लागि एकता भएको बताए । उनले भने – ‘यहाँ रहेका मजदुर, किसान ,उत्पीडित वर्ग सिकाकाको बाटोमा लाम लाग्ने हिम्मत बढाउनको लागि आजको एकता हो । यो संख्याको कुरा होइन, यो सचेत बिद्रोहको सवाल हो । यो सारा जनताहरुलाई क्रान्तिको ज्वालामुखिमा एकाकार गर्न सडकबाघको नेतृत्व गर्ने झिल्को हो ।’

सोही कार्यक्रमलाई सबोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनसरकार प्रमुख विषम सीले दश वर्षे जनयुद्ध फिल्मी शैलीमा टुङ्गिएको बताए । उनले माओवादी आन्दोलन कमजोर हुनुको मुख्य कारण जनयुद्धको नेतृत्व दलाल संसदीय पुँजीवादमा लिप्त भएर नवसामन्तमा परिणत भएको उल्लेख गर्दै भने – ‘जनयुद्धमा भएको हजारौं बलिदानी र संघर्षबाट आएको गणतन्त्रले जनताको अपेक्षालाई पूरा गर्न सकेन ।’, उनले भने, ‘यसको मुख्य कारण त्यतिबेलाको नेतृत्वले नाटकिय शैलीमा जनयुद्धको अन्त्य गर्नु हो । नव सामन्तमा परिणत हुनु हो । फलस्वरुप आज माओवादी कमजोर भएको छ । जनयुद्धका उपलब्धिमाथि चौतर्फी प्रहार हुन थालेको छ ।’
उनले देशमा वृहत कम्युनिस्ट एकता आवश्यक परेको भन्दै त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताउदै भने – आजको यो एकता वृहत कम्युनिस्ट एकताको जग हो, यसको सुरुवात नेकपा स्थापना दिवसका दिन नेकपा माओवादी समाजवादीसँग भएको एकताले गरेको थियो ।’, उनले भने, ‘यो देशको नेतृत्व कम्युनिस्ट क्रान्तिकारी धारले नै गर्ने छ । क्रान्तिको नेतृत्व नेकपाले गर्छ । महासचिव विप्लवको नेतृत्वमा नेपालमा नयाँ शिराबाट वैज्ञानिक सनाजवादको स्थापना हुने निश्चित छ । वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटो भनेको एकीकृत जनक्रान्ति हो ।’

राणा विरुद्धको संघर्ष, नेकपाको स्थापना, विपी कोइरालाको शासन र महेन्द्रको कु लगायतका विषयहरुलाई कथाको रुपमा प्रस्तुत गर्दै उनले जनयुद्धलाई पनि फिल्मको मध्यान्तरका रुपमा टुंग्याएको बताउदै भने – ‘नेपालको जनयुद्ध चलचित्रको जस्तै मध्यान्तर बनाएर फिल्मी शैलीमा प्रचण्ड बाबुरामले टुंग्याएपछि किरणको नेतृत्वमा नयाँ पर्दा खुल्यो । त्यहाँ भएको स्वार्थी तत्वहरुले अगाडि बढाउन नचाहेपछि विप्लवको नेतृत्वमा नयाँ पर्दा खुल्यो । यसले क्रान्तिका बाँकी कार्यभारहरुलाई पुरा गर्ने छ ।’
जनसरकार प्रमुख विषम सीले एकीकृत जनक्रान्ति नेपालको मौलिकतामा आधारित माक्सवाद, लेनिलवाद र माओवादीको विस्तारित रुप भएको भन्दै यसले नै क्रान्तिको बाँकी कार्यभार पुरा गर्नेसमेत बताए ।
सोही, कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिक जनता पार्टीका अध्यक्ष लक्ष्मण वर्देवा (जीवन्त)ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको नेतृत्वमा नेपालमा क्रान्ति सम्भव देखेर एकता गरेको बताए । उनले नेकपा महासचिव विप्लवमा क्रान्तिका बाँकी कार्भभार पुरा गर्ने हुटहुटी देखेर आफ्नो पार्टी एकताका लागि तयार भएको बताउदै भने – ‘नेकपा महासचिव विप्लवसँग वैज्ञानिक दृश्टिकोण छ, श्रमजिवी वर्गको चिन्ता छ, युवा नौजवानहरुको चिन्ता छ, सबै वर्ग क्षेत्रको चिन्ता छ, श्रमिक बुझेको छ, जनताको दुःख पीडा बुझेको छ, उहाँमा स्वार्थ छैन्, उहाँले समुन्नत देश बनाउने सपना देख्नुभएको छ, जनताको आकाँक्षा बुझ्नुभएको छ, विश्व परिवेश बुझ्नुभएको छ, नेपालको समग्र वस्तुस्थिती बुझ्नुभएको छ ।’, उनले भने, ‘हो त्यसैले योग्य नेतृत्व नेकपामा छ । त्यो हामीले देखेका छौं । विप्लवकै नेतृत्वमा एकीकृत जनक्रान्तीमार्फत वैज्ञानिक समाजवाद प्राप्ति हुने निश्चित छ । त्यसैले यो आन्दोलनमा हामी बिना स्वार्थ समाहित भएका छौं ।’

नेता जीवन्तले संघर्ष र बलिदानबाट स्थापित आन्दोलन धोकामा परिणत भएपछि देशमा नयाँ नेतृत्वको आवश्यकता भएको बताउदै भने – ‘जनयुद्धको नेतृवले धोका दियो । क्रान्तिको झन्डा दलालहरुको हातमा बुझायो । जनयुद्धको नेतृत्वले जनताको वलीदानी र उनीहरुको सपनाको हत्या गर्यो । अनि पुरानै संसदीय भासमा भासियो भन्ने निश्चित भएपछि विप्लवले प्रचण्डका विरुद्ध सचेत बिद्रोह गर्ने हिम्मत गर्नु भयो । विप्लवको नेतृत्वको युगको माग हो ।’
उनले विप्लवकै नेतृत्वमा क्रान्ति सम्पन्न हुने भन्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी यात्रामा आफूहरु समाहित भएको बताउदै भने – ‘हामी क्रान्तिले मागेको कार्यभार एकीकृत जनक्रान्तिमार्फत पुरा गर्न तयार छौं । त्यसका लागि यो पार्टीमा समाहित भएका छौं ।’, उनले भने, ‘विभिन्न खेमामा विभाजित क्रान्तिकारी कम्युनिस्टहरुलाई आन्दोलनको मुलप्रवाहमा समाहित हुन अपिल गर्छु ।’
उनले विप्लव नेतृत्वको नेकपाले टुटफुट र विभाजनमा रहेको नेपाली कम्युनिस्ट आन्दोलनलाई नेतृत्व गर्ने क्षमता राख्ने बताए ।

महासचिव विप्लव सीले सहिद मित्रमणी आचार्यको सहादतले सारा पञ्चायत डगमगाएको भन्दै उनले नेकपाको नेतृत्वमा विश्व साम्राज्यवाद र दलाल संसदीय व्यवस्था समेत डगमगाएको बताए ।
उक्त कार्यक्रममा पर्सा जिल्ला पुर्व सेक्रेटरी शिरोमणी सापकोटा (जनक )जिल्ला कमिटी सदस्य रमेश राउत र भक्तपुरबाट बालकृष्ण श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका थिए ।