समाजवादी देशभक्त मोर्चाको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीसहित तीन कम्युनिष्ट पार्टीको समाजवादी देशभक्त मोर्चाको बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय बुद्धनगरमा मोर्चाको अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा बसेको उक्त बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका समसामयिक राजनीतक बिषयमा छलफल भएको बताइएको छ।