‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर ‘

२०८० जेष्ठ ६ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीसहित तीन कम्युनिष्ट पार्टीको समाजवादी देशभक्त मोर्चाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न अपराधीहरुलाई हदैसम्मको कार्यवाही गर्न माग गरेको छ। सो मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले शनिबार बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।
यस बिषयमा समाजवादी देशभक्त मोर्चाका अध्यक्ष मण्डलका अध्यक्ष विप्लव सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘समाजवादी—देशभक्त मोर्चाको अध्यक्षमण्डलको बैठक आज २०८० जेठ ६ गते काठमाण्डौंमा सम्पन्न भयो । बैठकको निर्णय सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१) हालै नेपाली नागरिकलाई भुटानी सरनार्थी बनाएर अमेरिका पठाएको विषयमा सरकारले चलाएको कार्यवाहीलाई मोर्चाले सकारात्मक रुपले लिएको छ । यो काण्ड राष्ट्रघात र जनघातसँग जोडिएकाले काण्डमा संलग्न अपराधीहरुलाई हदैसम्मको कडा कार्यवाही गर्नु पर्दछ ।
२) पछिल्ला दिनमा केहीलाई मान्छेले पोलेको भरमा गिरफ्तार गर्ने तर केहीलाई प्रमाणसहित उजुरी गर्दा पनि नछुने अवस्था देखिएको होकि भन्ने गंभीर आशंका पैदा भएको छ । यसप्रति राज्यको समयमै ध्यान पुगोस र कुनै पनि बहनामा अपराधीहरु संरक्षित हुने सामान्य मान्छे मात्र कार्यवाहीको भागिदार बन्ने गल्ती नहोस भनेर सचेत बनाउन चाहन्छ ।’

प्रतिक्रियाहरु

[anycomment]