सम्पूर्ण कम्युनिष्टले सोच्ने बेला आएको छ (भिडियोसहित )

२०८० जेष्ठ ७ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सम्पूर्ण कम्युनिष्टले सोच्ने बेला आएको बताएका छन। १४औ राष्ट्रिय बेपत्ता येाद्दा स्मृति दिवसको अवसरमा राष्ट्रिय नाचघर जमलमा आयोजित ‘बेपत्ता योद्धाको सपना सार्वजनिकीकरण र शान्ति प्रक्रिया’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

महासचिव विप्लव सीले सरकारले मन्त्रिपरिषद्मा जनचाहना अनुरुपका प्रस्ताव गरे आफूले सडकबाट साथ दिने प्रतिबद्धता जनाउदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे ।
उनले भने – ‘नेपालमा अहिले पनि क्रान्ति जारी छ । जनयुद्ध पनि के को परिणाम थियो भन्दा मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको विद्रोह थियो । विद्रोह किन हुन्छन्, जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित गरिएन भने विद्रोहमा बदलिन्छन् । हरेक योद्धाहरूले क्रान्तिमा भाग लिइरहेको जस्तो अनूभुति गर्दछन्,’ उनले भने, ‘आज त्यस्तै अनूभुति भइरहेको छ । मैले भनेको छु, क्याबिनेटमा प्रस्ताव गर्नुहोस् हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ । हामी हरेक नराम्रा कामको विरुद्धमा उभिन तयार छौँ । तर एक पटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुपर्छ नि !’

बेपत्ता योद्धा परिवार समाज नेपालले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रम महासचिव विप्लव सी ले गरेको सम्बोधन यस प्रकार रहेको छ –

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु