संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसदबाट पास गर्ने बताएका छन । १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा आयोकित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोकुरा बताएका हुन् ।
नेता लेखकले बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडो भन्दा चाँडा निस्कर्षमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्दै चालु अधिवेशनबाट नै यससँग सम्बन्धित विषयहरु सधैँका लागि निस्कर्षमा पुर्याइने बताए । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा कानून तथा मानवअधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल सुरु हुने बताउदै सबै राजनीतिक दलहरु मिलेर देशको विकास गर्नुपर्ने बताए ।