केही दिनभित्रै संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदबाट पारित हुन्छ

२०८० जेष्ठ ७ गते, आईतवार

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपूरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने पनि बताएका छन । वेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको ‘बेपत्ता योद्धाको सपना सार्वजनिकीकरण र शान्ति प्रक्रिया’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सबै दलको सहमतीमा केही दिन भित्रै संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदबाट पारित हुने बताउदै वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूति, परिपुरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकि काम २ वर्ष भित्रै टुंगोमा पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र जनआन्दोलनका योद्धाहरुलाई शहीद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको बताउदै माओवादी लडाकुहरुलाई दुई लाख दिने निर्णय अदालतको स्टे अर्डरका कारण रोकिएको समेत प्रष्ट्याए। उनले आफूले कुरा थोरै र काम धेरै गर्ने गरेको पनि दोहोर्‍याए ।

प्रतिक्रियाहरु

[anycomment]