महासचिव विप्लव सीद्वारा उपचारत तुलसा पाण्डेसंग भेट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी स्वास्थमा समस्या देखिएपछि लुम्बिनी अस्पताल बुटवल भर्ना भएकी सहिद तथा बेपत्ता परिवारकी सदस्य तुलसा पाण्डेको स्वास्थ स्थिति बुझ्न अस्पताल पुगेका छन । भेटघाटमा महासचिव विप्लव सी ले पाण्डेको स्वास्थ स्थिति बुझ्दै स्वास्थ्य लाभको कामना गरेका थिए । जनयुद्धको क्रममा पाण्डेका छोरा दुर्गा सहिद भएका थिए भने अर्का छोरा युवराजलाई तत्कालीन राज्यले बेपत्ता पारेको थियो। जनयुद्ध र क्रान्तिकारी परिवर्तनका लागि दुइटा छोरा गुमाएकी पाण्डेको स्वास्थ स्थिति र उपचारको काममा आवश्यक सहयोग पुर्याउन महासचिव विप्लवले लुम्बिनी अस्पतालका सुपरिटेन्डेन्ट डा. सुदर्शनलाई आग्रह गरेका थिए। पाण्डेको स्वास्थ्य स्थिति बुझ्न नेकपा नेताहरू प्रज्वलन सी, शरद सी, अडिग सी, बिमर्श सी, र वीरेन्द्र सी लगायत नेताकार्यकर्ताहरु सहभागी थिए।