नेकपा केन्द्रिय समितिको बैठकमा स्थायी समिति सदस्यहरुले सम्बोधन गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको जारी नवौं केन्द्रिय समितिको एकताको बिशेष बैठकमा पार्टी स्थायी समिति सदस्यहरुले सम्बोधन गर्ने क्रम सुरु भएको छ। बिहिवारदेखि प्रारम्भ भएको बैठकमा महासचिव विप्लव सी द्वारा लिखित प्रस्ताव पेश भएपछि १० समुहमा भएको छलफलको निष्कर्ष टोलि नेताहरुले प्रस्तुत गरेका थिए भने आज बिहान ८ बजेबाट स्थायी समिति सदस्यहरुले सम्बोधन गर्ने क्रम शुरु भएको हो।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय कपिलवस्तुमा जारी केन्द्रिय समितिको एकताको बैठकमा पार्टी स्थायी समिति सदस्य एवम् प्रबक्ता प्रकाण्ड सी,स्थायी समिति सदस्यहरु सन्तोष सी, अनिल सी, शिलु सी, भरत सी र शुसिल सी ले सम्बोधन गरिसकेका छन भने आज नै महासचिव विप्लवले प्राप्त सुझावलाई समेट्दै बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
जारी केन्द्रिय समिति बैठकमा बोल्ने नेताहरूले नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्ताक्षप उत्कर्षमा पुगेको, रास्ट्रीय स्वाधीनताको सवाल मुख्य बिषय बन्दै गएको र देशमा आर्थिक/ राजनीतिक संकट समेत इतिहास कै भयानक अवस्थामा पुगेकोले देशलाई निकास दिन तथा अग्रगामी निकासका लागि समाजवादी तथा देशभक्त मोर्चाको निर्माण अपरिहार्य रहेको र त्यसका लागि आबश्यक पहलकदमी गर्न केन्द्रिय समितिले ठोस निर्णय लिन जरुरी रहेको कुराहरुमा जोड दिईएको बताईएको छ।