नेकपा केन्द्रिय समितिको बैठक सम्पन्न : समाजवादी मोर्चा निर्माण गर्ने निर्णय

२०८० जेष्ठ १३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रिय समितिको एकताको बिशेष बैठक सम्पन्न भएको छ। बैठकमा महासचिव विप्लव सी ले प्रस्तुत गरेको ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ दस्तावेज सर्वसम्मत रुपले जोडदार तालीको गडगडाहटले पारित गरेको छ।

महासचिव विप्लव सी को अध्यक्षतामा बिहिवारदेखि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय कपिलवस्तुमा सम्पन्न भएको बैठकले देशको विद्यमान संकटको निकास, राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट क्रान्तिकारीहरुको एकता र ध्रुवीकरणका लागि समाजवादी मोर्चा निर्माणको ठोष पहल गर्ने निर्णय गरेको छ।
बैठकले अघिल्लो केन्द्रिय समितिले तय गरेको पहिलो ६ महिने आवधिक योजनाको समिक्षा गर्दै आवधिक योजनाको बाकी अवधिको लागि कामहरू व्यवस्थित गर्ने, देशव्यापी बैचारिक प्रशिक्षण गर्ने,असार १० गते देखि जनश्रममा केन्द्रित हुने निर्णय गरेको छ।


त्यस्तै बैठकले मिटरव्याज, भ्रष्टाचार, सामाजिक साँस्कृतिक बिकृति विरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको छ।
गत महिना नेपाल कम्युनिस्ट पार्टी , माओवादी समाजवादी पार्टी र श्रमिक जनता पार्टीबिच एकता प्रक्रिया सम्पन्न भएपछिको यो बैठक एकताको विशेष बैठकको रूपमा लिईएको छ भने बैठकले एकतासम्बन्धि कामहरूलाई पुर्णता दिएको समेत बताईएको छ।

यसैगरी, बैठक समापन समारोहमा बिभिन्न नाराहरुसमेत लगाइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]