निर्माणाधीन स्वास्थ्य केन्द्र पत्रकार कृष्ण सेनको बलिदानको प्रतिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले वलिदान,इतिहास ,कार्यभार , सिर्जना र निर्माणसङ्ग सङ्गै गर्न लागेको भन्दै कपिलवस्तुमा निर्माणाधीन स्वास्थ्य केन्द्र पत्रकार कृष्ण सेनकै बलिदानको प्रतिक भएको बताएका छन । कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस तथा साँस्कृतिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीद्वारा केन्द्रिय कार्यालय कपिलवस्तु अन्तर्गत निर्माणाधिन स्वास्थ्य भवनमा गरिएको श्रमकार्यमा सहभागी हुँदै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन्।
जनपक्षीय पत्रकारिता आन्दोलनका एकजना प्रखर व्यक्तित्व , साहित्यकार, कवि तथा श्रस्टा कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस श्रम गर्दै मनाइएको छ।नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुको शिवगढीमा निर्माणाधिन जनस्वास्थ्य केन्द्रको घेरा पर्खाल निर्माण गर्दै इच्छुक स्मृति दिवस मनाइएको हो।
जनयुद्धको क्रममा तत्कालीन सरकारले जनादेश साप्ताहिकका सम्पादक सेनलाई गिरफ्तार गरि वेपत्ता पारेको थियो भने उनको स्मृतिमा देशैभर विभिन्न रचनात्मक क्रियाकलाप गरि स्मृति दिवस मनाउने गरिएको छ।