जनताको हृदयको पार्टी भएर काम गरौ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले सो पार्टीका नेता – कार्यकर्तालाई जनताको हृदयको पार्टी भएर काम गर्न निर्देशन दिएका छन् । विहिवार नेपाल कम्युनिष्ट पार्टी बाँकेले कोहलपुरमा स्थापना गरेको पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्दै महासचिव विप्लव सी ले सो निर्देशन दिएका हुन्।
महासचिव विप्लव सी ले पार्टी कार्यालयको स्थापना गरेकोमा जिल्ला पाटीलाई धन्यवादसमेत दिएका थिए ।
उक्त कार्यालयको औपचारिक स्थापनाले जनतासंगको सम्वन्ध प्रगाड हुने र पार्टी जनतासंग गहिरो सम्वन्धमा जोडिने नेकपा बाँकेका इन्चार्ज रणदिप सीले वताए ।
पार्टी कार्यालयको स्थापनाको उद्घाटनमा जिल्ला स्थिति नेता,कार्यकर्ता शुभचिन्तक जनता,सहिद परिवार लगायतको भव्य उस्थिति रहेको थियो । सो अवसरमा नेकपाका महासचिव विप्लव सी लाई सहिद परिवारसहित जिल्ला पार्टीले भव्य स्वागत गरेको थियो ।