जनपत्रकार संगठन नेपालले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई न्यायपुर्ण र पुर्वाग्रहरहित बनाउन पहल गर्ने

२०८० जेष्ठ ३० गते, मंगलवार


काठमाडौँ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई न्यायपुर्ण र पुर्वाग्रहरहित बनाउन सम्बन्धित निकायसंग छलफल गर्ने निर्णय गरेको छ। चितवनको भतपुरमा सोमबार बसेको सङ्गठनको केन्द्रिय सचिवालयको बैठकले सदस्यता नविकरण र नयाँ सदस्य बितरण प्रक्रियामा विभिन्न समस्या र गुनासाहरु प्राप्त हुन थालेपछि महासंघसङ्ग छलफल गरि समस्या समाधान गर्न आबश्यक पहल गर्ने निर्णय गरेको हो।
जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्माको अध्यक्षतामा बसेको सचिवालय बैठकले नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणबारे लिएको निर्णय र त्यसको कार्यान्वयन सम्बन्धि अभियानलाई सकारात्मक रुपमा लिने र सहयोग गर्ने तर सदस्यता नविकरण र नयाँ सदस्यता सिफारिसमा कतिपय जिल्ला शाखा र प्रदेश समितिहरुमा राजनीतिक आग्रह र पुर्वाग्रहका आधारमा कतिपयले सदस्यता सजिलै प्राप्त गर्ने र कतिपय सक्रिय पत्रकारहरू समेत सदस्यता प्राप्तिबाट वञ्चित हुने समस्या देखिएको गुनासो सम्बन्धमा न्यायपुर्ण व्यबहार गरिनुपर्ने सङगठनको धारणा रहेको बताईएको छ। त्यस्तै बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरोकारवालाहरु संग प्रदेश स्तरमा अन्तर्कृया गर्ने,श्रमजीवी पत्रकारहरुको पारिश्रमिक, समानुपातिक बिज्ञापन प्रणालीको कार्यान्वयन र महासंघलाई पेशागत र अनुशासित बनाउन दबावमुलक अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
उक्त बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले चीनकाे ‘मिसन सन् २०२७’ लाई असफल पार्न रवि लामिछानेलाई अमेरिकाले परिचालित गरेकाे बताए । उनले विश्व शक्तिमान बन्ने चीनकाे याेजना असफल पार्न अमेरिकाले रविलाई परिचालित गरेकाे उल्लेख गर्दै अमेरिकी सहयाेग परियोजना एमसीसी पास गर्न परम्परागत पार्टीहरूले ढिलाई गरेपछि अमेरिकाले रवि लगायतका पात्रहरूलाई परिचालन गरेकाे बताए । उनले भने- ‘काँग्रेसका सभापति शेरबहादुर देउवालाई १ वर्षमा एमसीसी पास गर्न अमेरिकाले अल्टिमेटम दिएकाे थियाे । देउवाबाट त्याे सम्भव भएन । एनसीसी पास गर्न ५ बर्ष लाग्याे ।’, संगठनका फ्याक्सन इन्चार्जसमेत रहेका उनले भने, ‘त्यसकाे विकल्पमा काँग्रेसभित्र गगन थापालाई परिचालित गर्याे ‌। गहनाहरू पनि असफल भएपछि रविकाे उदय भएकाे हाे ।’
नेता अनिल सी ले अमेरिकालाई जसरी पनि मिसन २०२७ राेक्न पर्ने भएकाले आत्तिएर विभिन्न प्रयाेग गरेकाे बताउदै भने- ‘अरू देशहरूलाई डर हुन्छ। उनीहरूले सचेततापूर्वक कदमहरू चाल्छन् । अमेरिकालाई केहीकाे पनि मतलव हुँदैन । उसलाई लाग्याे भने मान्छे मारेर भएपनि आफ्नाे मिसनलाई पुरा गर्छ ।’
नेता अनिल सी ले नेपालमा प्रवेश गरेर यस्ताखालका गतिविधिमा संलग्न भइसकेकाे भन्दै आगामी निर्वाचनसम्ममा यसकाे परिणाम देखिने बताउदै भने – ‘उनीहरूले अदालतमा आफ्नाे मान्छे सेट गरिसकेका छन् । एनसीसीकाे पक्षमा ७/७ वटा जर्नेलले विज्ञाप्ति निकालेर नेपाली सेना पनि प्रभावमा परिसकेकाे देखिन्छ।’, उनले भने, ‘अब संसद र सरकार बनाउने रणनीतिमा अमेरिका छ । हामीले यसलाई राेक्नु पर्छ ।’

नेता अनिल सी ले नेपालमा अमेरिका आइसकेकाे भन्दै त्यसलाई परास्त पार्न समाजवादी माेर्चा बनाउने तयारीमा आफूहरु रहेकाे बताउदै भने- ‘अमेरिकालाई परास्त पार्न एक्लै सम्भव छैन ‌। उनीहरू ठूलो मिसनमा छन् । २०८४ मा रविलाई जनअनुमोदित गर्ने, अरू पार्टीहरूलाई वदनाम बनाउन, नेताहरूलाई बिभिन्न बहानामा फसाउने र सत्ता आफ्नाे हातमा लिने उनीहरूकाे याेजना छ ।’, उनले भने, ‘सत्ता हातमा लिएपछि क्रान्तिकारीलाई सिध्याउने उनीहरूकाे याेजना हाे । त्यही भएर संसदवादी र क्रान्तिकारी पार्टीबिच समाजवादी मार्चाकाे आवस्यकता भएकाे हाे
यसैगरी , सो बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा नारायणी ब्युरो इन्चार्ज एटम सीले नेपालको जनवाद र स्वाधिनता निल्ने तरिकाले भूमन्डलीकृत साम्राज्यवाद नेपाल प्रवेश गरेको उल्लेख गर्दै नेपालको स्वाधिनता निल्ने षड्यन्त्रका साथ भूमन्डलीकृत साम्राज्यवाद नेपाल प्रवेश गरेको बताए ।
नेता एटम सीले नेपालमा अमेरिका आइसकेको भन्दै त्यसका बिरूद्ध समाजवादी पार्टीबिच सहकार्य आवश्यक भएकाे बताउदै भने- ‘भूमन्डलिकृत साम्राज्यवाद सिधै नेपाल छिरिसकेको छ । बाहिर केही मान्छेहरुले प्रचार गरेजस्तो दोश्रो विस्वयुद्धतिर जस्तो तामझामकासाथ सेना हतियार लिएर आउदैन । यो आफ्ना बफादार नेपाली एजेन्ट मार्फत प्रशासनिक राजनीतिक अदालत सबै ठाउँमा प्रवेश गरिसकेको छ।’
एटम सीले भूमन्डलीकृत साम्राज्यवाद, दलाल संसदिय पुँजीवाद बिरुद्धको सघर्षलाई मसिनोगरी तिखार्नुपर्ने बेला आइसकेको भन्दै साम्राज्यवादकाे षड्यन्त्रलाई जनतासामु उदाङ्गो पार्नुपर्ने बताए । उनले आफ्नो पार्टी एकीकृत जनक्रन्तिलाई थप सुदृढ गर्दै नयाँ प्रकृयामा प्रवेश गरेको भन्दै यसको रणनीति र कार्यनीतिलाई पनि नयाँ ढंगले अघि बढाउने प्रकृयामा सिङ्गो पार्टी पङ्ती लागेको बताए।
//////////////////

प्रतिक्रियाहरु

[anycomment]