नेपाल कम्युनिस्ट पार्टीले ४० विघा खेतमा धान रोप्ने

२०८० असार १४ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ४० विघा खेतमा रोपाईं गरेर धान दिवस मनाउँने भएको छ। सो पार्टीका महासचिव विप्लवसी ले देशैभर ४० विघा खेतमा रोपाईं गरेर असार १५ गते धान दिवसको उद्घाटन गर्ने बताइएको छ ।
यसैक्रमा महासचिव विप्लवसी ले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत पार्टी केन्द्र, ब्यूरो, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले एक सय विघामा धान लगाउने बताएका छन । उनले आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति अनुरुप विभिन्न जिल्लामा धान लगाउन थालिएको बताए ।
महासचिव विप्लवसी ले भने – ‘आत्मनिर्भर पार्टी र आत्मनिभर उत्पादन अघि सारेका छौं । यसको चर्चा र विश्लेषण व्यापक छ । यसलाई प्रयोगमा लैजाँदा अत्यन्तै विश्वास र समर्थन पाएका छौं । असार १० गतेदेखि असार ३० गतेसम्म वर्षे बाली उत्पादन गर्न महासचिवदेखि पार्टी सदस्य जनवर्गीय संगठनका नेता कार्यकर्ता उत्पादनमा लाग्ने छौं ।’
महासचिव विप्लवसी ले असार १५ गते पार्टीका केन्द्रीय नेताहरु सहभागी भई बर्दिया, कपिलवस्तु, चितवन, सुनसरी, सिन्धुली, सल्यानमा ४० विघाभन्दा उत्पादन गर्न लागेको जानकारी दिदै आफुहरुको यो अभियानले किसानलाई उत्प्रेरित गर्नुका साथै कृषिमा थोरै भएपनि योगदान गर्ने अपेक्षा लिएको बताए ।
महासचिव विप्लवसी ले पार्टी उत्पादनमा लागेपछि नेता कार्यकर्ता मात्रै नभई सर्वसाधारणमा समेत सकारात्मक प्रभाव परेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु