नेकपाका प्रबक्ता प्रकाण्ड सी धान रोपाईमा (भिडियोसहित )

२०८० असार १७ गते, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उत्पादन विभागले चितवनको माडीमा एकै दिन तीन बिघा भन्दा बढी जमिनमा धान रोपाई गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी सहभागी भएको उक्त धान रोपाई कार्यमा नेकपाका केन्द्रिय नेता देखि सयौ स्थानीय कार्यकर्ताको सहभागिता रहेको थियो। उक्त धान रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्ड सीले नेपाल उत्पादनमा आत्मनिर्भर हुँदा विश्वका शक्तिशाली देशहरुसँग प्रतिशपर्धा गर्नसक्ने क्षमता राख्ने ठोकुवा गर्दै त्यसका लागि पार्टीले उत्पादनको नीति लिएको बताउदै भने- ‘हाम्रो देश विभिन्न कुरामा परनिर्भर छ । यसलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने लाग्यो । त्यही भएर हाम्रो पार्टी एकीकृत जनक्रान्तिको अर्थ व्यवस्थाका बारेमा छलफल गर्यो । छलफलले एकीकृत जनक्रान्तिको अर्थनीति उत्पादनमा आधारित हुनुपर्छ । हाम्रो आफ्नै अर्थव्यवस्था हुनुपर्छ भन्ने निश्कर्ष निक्लियो । त्यही अनुसारको आर्थिक नीति बन्यो । त्यही नीति अनुसार अहिले हामी रोपाईमा जुटेका छौं ।’


प्रबक्ता प्रकाण्ड सीले नेपालको समाजवादी व्यवस्थाको आधार खडा गर्न उत्पादनलाई जोड दिएको बताउदै भने- ‘हामी वैज्ञानिक समाजवादमा हुने अर्थव्यवस्थाको अभ्यास गरिरहेका छौं । यसलाई जनतासँग जोड्नुपर्छ । अहिले नेपालमा दलाल पुँजीवाद हाबी छ । यसले नेपालका अर्थव्यवस्थालाई धोस्त पारेको छ । नेपाली जनताको पहलमा, सहि विचार र सहित नेतृत्वले यसको अन्त्य गर्न सकिन्छ । देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’

प्रबक्ता प्रकाण्ड सीले ठिक ढंगबाट देशलाई अगाडि बढाउन सकिएको खण्डमा विश्वका शक्तिशाली देशहरुलाई पछार्न सकिने बताउदै भने- ‘सहि ढंगबाट नेपालको उत्पादन प्रणालीलाई व्यवस्थित गर्न सकियो भने, यसलाई परिचालन गर्न सकियो भने, सहि नीति र नेतृत्व भयो भने र जनतालाई त्यसमा सहभागी गराउन सकियो भने विश्वका विकसित राष्ट्रहरुलाई पनि चुनौती दिन सकिन्छ । हाम्रो पार्टीको विचारले विश्वका शक्तिशाली राष्ट्रहरुसँग प्रतिशपर्धा गर्न सकिन्छ । जित्न सकिन्छ । पार्टीले त्यही अनुसार तयारी गरिरहेका छ ।’

चितवनको माडी नेपाल कम्युनस्ट पार्टी, केन्द्रीय उत्पादन विभाग, नेकपा चितवन, जनसांस्कृतिक महासंघ, नेकपा उपत्यका व्युरोले जग्गा भाडामा लिएर विभिन्न खालका उत्पादनहरु गरिरहेको छ । यो पटक चितवनमा मात्रै नेकपा १५ विघामा धान खेति गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु