नेकपाको जारी केन्द्रिय समिति बैठकमा समुहगत धारणा राख्ने क्रम सकियो

२०८० श्रावण २९ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रिय समितिको चौथो पूर्ण बैठकमा महासचिव विप्लव सी द्वारा प्रस्तुत- “नयाँ कार्यभारका लागि आफैलाई सुदृढ गरौं,क्रान्ति लाई पकडौ र सम्पुर्ण क्षेत्रमा पहल कायम गरौं ” शीर्षकको २२ पृष्ठ लामो लिखित प्रस्ताव माथी समुहगत धारणा राख्ने क्रम सकिएको छ।आइतबारबाट शुरु भएको बैठकमा १३ केन्द्रिय नेताहरुले महासचिव विप्लव सी को प्रस्तावमाथी समुहगत छलफल गरि धारणा राखेका हुन।
बैठकमा केन्द्रिय नेताहरू संगम सी, विकिरण सी, बिराट सी,विकल्प सी,समर सी, जोखिम सी,सविन सी,सुमन सिंह सी,शेरबहादुर सी, चिरञ्जीवी सी,प्रकाश सी,र होम सीले दस्तावेजमाथी भएको छलफलको धारणा प्रस्तुत गरेका थिए ।


महासचिव विप्लव सी द्वारा प्रस्तुत प्रस्ताव मसिनो गरि आएको , पार्टीका बर्तमन कार्यभारलाई ठिक ढंगले पक्रदै आन्दोलनको उज्ज्वल संभावना बोकेको,पहिलो ६ महिने आवधिक योजनाको वस्तुनिष्ठ समिक्षा गर्दै आगामी कामहरूबारे ठोस रूपमा योजना अगाडि सारिएको बताएका छन।
जारी बैठक भोलि बिहान ८ बजेबाट शुरु हुने र दस्तावेज माथी उठेका बिषयहरु तथा नयाँ योजनाको मुख्य पक्षबारे महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

प्राकृतिक विपदवाट बचौं र बचाऔं

२०८२ आश्विन १९ गते, आईतवार

आइतबार र सोमबार बिदा !

२०८२ आश्विन १८ गते, शनिबार