भूमिपुत्रद्वारा नेकपा केन्द्रिय कार्यालयका लागि ड्रागन फुडका बेर्ना हस्तान्तरण

२०८० श्रावण २९ गते, सोमबार


काठमाडौं । भुमिपित्र कृषि तथा पशुपंक्षि फर्मले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयका लागि ड्रागन फुडका बेर्नाहरु हस्तान्तरण गरेको छ। कैलालीको लम्कीचुहा नगरपालिका वडा न १ ड्रागन पार्कमा रहेको फर्मका व्यवस्थापक गणेश ढकालले सोमबार महासचिव विप्लव सी मार्फत नेकपालाई ड्रागन फुडका बेर्नाहरु हस्तान्तरण गरेका हुन। सोमबार कपिलवस्तुको शिवगढीस्थित भएको बेर्ना हस्तान्तरण कार्यक्रममा प्रबक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्यहरु संतोष सी, अनिल सी, सिलु सी र शुसिल सी लगायतका नेताहरू सहभागी रहेका थिए भने भुमिपुत्रका कृषि फर्मका व्यवस्थापक तथा समाजसेवी, राजनीतिज्ञ गणेशले ४० ओटा बेर्ना हस्तान्तरण गरेका थिए।

ढकालले लम्कीचुहामा रहेको आफ्नो ८ कट्टा जमिनमा करिब ८ सय गोटा ड्रागन फुड रहेको फर्म सञ्चालन गरेका छ्न।उनका अनुसार हाल फर्मले प्रतिफल दिन थालेको र उक्त व्यवसायबाट आफु निकै सन्तोष रहेको तथा स्थानीय समाजसेवी , जनप्रतिनिधि र कर्मचारीबाट निकै प्रेरणा र उत्साह प्राप्त भएको बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

प्राकृतिक विपदवाट बचौं र बचाऔं

२०८२ आश्विन १९ गते, आईतवार

आइतबार र सोमबार बिदा !

२०८२ आश्विन १८ गते, शनिबार