एमसीसी परियाेजनाविरुद्ध बृहत गाेष्ठि हुँदै

२०८० भाद्र १० गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियाेजना विरुद्ध बृहत गाेष्ठि गर्ने भएको छ। सो पार्टीकाे आयाेजनामा भाेलि काठमाडौँमा ‘एमसीसी परियाेजना कार्यान्वयनका विरुद्ध अन्तरक्रिया’ विषयक बृहत अन्तरक्रिया हुने भएकाे हो ।

नेकपाका महासचिव विप्लव सीकाे प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (एमाले) का नेता भीमबहादुर रावल, वरिष्ठ बुद्धिजीवी युवराज संग्राैला, बुद्धिजीवी डा.सुरेन्द्र भण्डारीलगायत वक्ताहरुले आ-आफ्नो धारणा राख्ने बताइएको छ ।
भाेलि मध्यान्ह १२:३० जमलस्थित राष्ट्रिय नाचघरमा हुने साे कार्यक्रममा युवा, विद्यार्थी, बुद्धिजीवी र देशभक्त नागरिकलाई सहभागी भइदिन नेकपा प्रचार विभागले अपिल समेत गरेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]