‘एमसीसी नेपाली जनतालाई मान्य हुँदैन ‘

२०८० भाद्र ११ गते, सोमबार


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको संविधान भन्दामाथि रहने गरी सम्झौता गरिएको एमसीसी नेपाली जनतालाई मान्य नहुने बताएका छन । नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले सो कुरा बताएका हुन् । उनले जनताको मोर्चा बनाई देशभक्तिपूर्ण समाजवादी लडाई लड्नुपर्ने बेला आएको बताउदै भने – “जनताको मोर्चा निमार्ण गर्नुपर्छ । दलाल साम्राज्यवादका विरुद्ध मोर्चा बनाउनु पर्छ । नेपालमा वैज्ञानिक समाजवाद ल्याउनुपर्छ ।”
नेता खनालले एमसीसी पास गर्ने बेलाको व्याख्यात्मक घोषणा भनेको लाज ढाक्ने धाेती मात्र भएको टिप्पणी गर्दै व्याख्यात्मक घोषणा भनेको नाटक मात्र भएको बताए ।
पूर्वप्रधानमन्त्र खनालले अमेरिकी मन्त्रीहरुले समेत एमसीसी भनेको इन्डोप्यासिफीक रणनीतिकको अंग भएको बताइरहेको बेला नेताका केही सांसदहरुले अमेरिकाको असली दलाली बनि खण्डन गरेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]